६ जेष्ठ २०८१, आईतवार

प्रतिरोध सङ्घर्षको प्रतिबद्धता सहित नेकपाको पिवि बैठक सम्पन्न

0

कपिलबस्तु । अदालतको आडमा दलाल पुँजीवादले नेकपामाथि गरेको आक्रमणको प्रतिरोध गर्ने प्रतिबद्धता गर्दै नेकपाको शिवगढीमा जारी पोलिट ब्यूरोको बैठक सम्पन्न भएको छ ।

बैठकमा पिविएमहरुले केन्द्रीय समितिमा प्रस्तुत गर्ने प्रस्तावमा छलफल गर्दै आ–आफ्ना सुझाव र धारणा राखेका थिए ।

बैठकका पहिलो पिविएम बक्ता माईला सीले समाजवादी मोर्चाको पछिल्लो गतिविधि रक्षात्मक रहेकाले क्रियाशील बनाउनु पर्ने सुझाब दिए ।

अर्का बक्ता दिपेश सीेले कार्यपालिका र ब्यबस्थापिकामा हाम्रो लहर र आकर्षण रोक्न असफल भएपछि न्यायपालिकालाई अग्रमोर्चामा ल्याएर लड्न खोजेको जिकिर गरे । अपराह्न्न ४ बजे सुरु भएको पिविको बैठकमा पहिलो बक्ता मिलन सीले ‘एन्टी करेन्ट धार’ निमार्ण गरेर जानु पर्ने धारणा राखे ।

त्यसैगरी अर्का पिविएम कृतिले वित्तिय आतङक विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए । पिविएम आदर्शले प्रचण्ड संसदवादबाट बाहिर नआए सम्म एकता सम्भव नभएको जिकिर गरे ।

पिविएम सन्देश सीले ३५ देखि ४० हजार रुपैयाको दरले धानमा आय भएको र आधुनिकरण र परिमाण विस्तार गरे नाफा बढाउन सकिने बताए ।

अर्का पिविएम प्रज्वलन सीले दबाब र धम्की दिएर गलाउने दलाल सरकारको रणनीति भएको बताए ।

उनले राज्यलाई असफल बनाएर कठपुतली सरकार बनाउने अमेरिकी षड्यन्त्रलाई समाजवादी व्यवस्थाद्धारा समाधान गर्नुपर्ने बताउदै एकता र विश्वास पैदा गरेर सङ्गठनलाई सुदृढ गर्न सकिने बताए ।

अर्का पिविएम भेषराज सीले आफूलाइर्, विरोधी पक्षलाई र परिस्थितिलाई ठिकढंगले बुझेर मात्र सहि परिणाम आउन सक्ने बताए ।

बैठकमा पिविएम देबनारायण सी,सितल सी, आजाद, सुमन, एटम, आधार, हिमकर्ण, आस्था, विकल्प, असल, राजन, सञ्जीव, विजय लगायतले आ–आफ्नो विचार राखेका थिए ।

पिविको बैठकले महासविच विप्लवले पेश गरेको “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पनि पारित गरेको छ । बैठक सोमबार साँझ सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।