कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको शिवगढीमा जारी नवौं केन्द्रीय समितिको विशेष बैठक मंगलबार विहानको खाना खाएर पुनः सुरु हुदैछ ।
सोमबारको बैठकमा महासचिव विप्लव सीले पेश गरेको “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन । ।
बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित भएपछि अन्य एजेण्डाहरुमाथि छलफल गर्दै निर्णय हुने छ ।
महासचिवको प्रस्तावमाथि अध्ययन गरी सुझाव दिन सोमबार केन्द्रीय समितिका सदस्यहरुले समूहगत छलफल समेत गरेका थिए ।
बैठकमा नयाँ सदस्यको स्वागत, राजनीतिक र सङ्गठनात्क प्रस्ताव,राजनीतिक काम,सङ्गठन,सङ्घर्ष,आर्थिक,प्रकाशन,नमूना कार्य,सांस्कृतिक सहित विविध एजेण्डा पनि पेश भएको छ ।
प्रतिक्रिया दिनुहोस्