६ जेष्ठ २०८१, आईतवार

१४५ औं स्तालिनको जन्मजयन्तीको अवसरमा शिवगढीमा अन्तरक्रिया हुदै

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीले १४५ औं स्तालिनको जन्मजयन्तीको अवसरमा भब्य अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नेकपाको केन्द्रीय कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा विहिवार (पुस ५ गते) विहान ८ बजे हुदैछ ।

नेकपाले “स्तालिन,तत्कालिन सोभियत संघ र रुस–युक्रेन युद्ध” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेकपाका महासचिव विप्लव सीको उपस्थिति रहने छ । कार्यक्रममा नेकपाका स्थायी समिति, पिविएम तथा केन्द्रीय समितिका सदस्य लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने नेकपाले जनाएको छ ।

विश्व कम्युनिष्ट आन्दोलनका महान गुरु तथा रुसी समाजवादी व्यवस्थाका नेतृत्वदाता स्तालिनले लेनिनको निधन पछि सन १९२४ देखि सन १९५३ सम्म रुसमा समाजवादी व्यवस्थाको नेतृत्व गरेका थिए । स्तालिनले जर्मन साम्राज्यवाद विरुद्ध लड्दै दोस्रो विश्वयुुद्धको सामना गर्दै समाजवादी व्यवस्था रुसको रक्षा गर्न सफल भएका थिए ।

रुसमा समाजवादी व्यवस्था ल्याउने महाअयिानमा लेनिनसंगै स्तालिनको महत्वपूर्ण भूमिका रहेको थियो । उनको २१ डिसेम्बर सन १८७९ मा बुवा जुगुसविली र आमा एकतारेनियााको कोखबाट रुसको गोर्की भन्ने शहरमा जन्म भएको थियो ।

स्तालिनको बाल्यकालको नाम शो शो राखिएको थियो । उनको ११ बर्षकै उमेरमा बुवा जुगुसविलीको मृत्यु भएपछि एकल आमाले पालन पोषण र शिक्षा दिक्षा दिएकी थिइन ।

क्रान्तिकारी विचारमा लैस स्तालिन धेरै पटक पक्राउ परे । उनी लेनिनको दाहिने हात भएर काम गर्दैगर्दा लेनिनको मृत्यु पछि रुसी कम्युनिष्ट पार्टीको नेतृत्वदायी नायाक बनेका थिए ।

उनको योगदान र जन्मदिनको स्मरण गर्दै विहिवार नेकपाले जन्मजयन्ती भव्य रुपमा मनाउने तयारी गरेको जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।