४ जेष्ठ २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक शिवगढीमा पुनः सुरु हुदै

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको शिवगढीमा जारी नवौं केन्द्रीय समितिको विशेष बैठक मंगलबार विहानको खाना खाएर पुनः सुरु हुदैछ ।

सोमबारको बैठकमा महासचिव विप्लव सीले पेश गरेको “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा  राख्ने छन । ।

बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित भएपछि अन्य एजेण्डाहरुमाथि छलफल गर्दै निर्णय हुने छ ।

महासचिवको प्रस्तावमाथि अध्ययन गरी सुझाव दिन सोमबार केन्द्रीय समितिका सदस्यहरुले समूहगत छलफल समेत गरेका थिए ।

बैठकमा नयाँ सदस्यको स्वागत, राजनीतिक र सङ्गठनात्क प्रस्ताव,राजनीतिक काम,सङ्गठन,सङ्घर्ष,आर्थिक,प्रकाशन,नमूना कार्य,सांस्कृतिक सहित विविध एजेण्डा पनि पेश भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।