८ पुष २०८१, सोमबार

नेकपा धुनिवेशीले मनायाे माओ दिवस

0

धादिङ : नेकपा धुनिवेशीले धुनिवेशी नगरपालिकाको धार्के बजारमा १३१औं माओ दिवश तथा “पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं !, राज्य षड्यन्त्रको भण्डाफोर गरौं!!” भन्ने मुलनाराका साथ २ महिने अभियान उद्घाटन कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा नेकपा धादिङका सेक्रेटरी प्रमोद सीको प्रमुख आतिथ्यता र नगर सेक्रेटरी माइला सीको अध्यक्षता गरेका थिए । कार्यक्रममा बोल्दै सेक्रेटरी प्रमोदले भने, “चिनियाँ कम्युनिस्ट पार्टीका सर्वोच्च नेता माओलाई सम्झिदै माओको बाटोमा अघि बढ्नुको विकल्प छैन । आवश्यक परे नेपाली क्रान्ति पूरा गर्नका निमित्त बलिदान दिन समेत युवाहरु तयार हुनुपर्छ ।”

कार्यक्रममा तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिवद्ध रहेको तर, सरकारको पक्षबाट उक्त सहमतिको कार्यन्वयन नगरिएको भन्दै पार्टीका नेता तथा कार्यकतामाथि लगाइएका झुट्टा मुद्धाहरु तत्काल खारेज हुनुपर्ने उनको भनाई छ । कार्यक्रम नेकपा धुनिवेशीका सेक्रेटरी माइला सीको अध्यक्षता रहेको थियो भने कार्यक्रम मनोज सीले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।