१९ बैशाख २०८१, बुधबार

नेकपा पश्चिम चितवनले माओ दिवससङ्गै अभियान उद्घाटन गर्याे

0

चितवन: नेपाल कम्युनिष्ट पार्टी पश्चिम चितवनले  दुई महिने ‘पार्टी संगठनलाई सुदृढ र विस्तार गरौँ!,राज्य षड्यन्त्रको भण्डाफोर गरौँ’!! भन्ने मूल नाराका साथ अभियानको उद्घाटन गर्दै १३१ औं माओ जयन्ती मनाएको छ ।

नेकपाले मंगलबार जिल्लाको माडी नगरपालिका २ नयाँ पर्सामा एक कार्यक्रमको आयोजना गरी अभियान उद्घाटनसँगै माओ जयन्ती मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोलिट ब्युरो सदस्य सन्देश सीले माओको योगदानको चर्चा गर्दै नेकपाले संचालन गर्ने दुई महिने अभियान जनतासम्म लिनुपर्ने बताए ।

उनले जनताको समस्या समाधानमा माओले चीनमा योगदान पुर्याए जस्तै नेपालमा पनि नेपाली जनताको अहिलेको संकटको निकास नेकपाले दिनेगरी योगदान पुर्याउनु पर्ने बताए ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज दिनेश सीले उच्च मनोबलको साथ राज्य षड्यन्त्रलाई भण्डाफोर गर्दै जनतासम्म संगठन बनाउन जानुपर्ने बताए । 

कार्यक्रममा अतिथिको रुपमा नेकपाका केन्द्रीय सदस्य अजय सी, प्रतिनिधि सदस्य क्रान्ति सी लगायतको उपस्तिथि रहेको थियो । जिल्ला इन्चार्ज दिनेश सीको अध्यक्षता रहेको कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी अटल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।