१९ बैशाख २०८१, बुधबार

नेकपा दक्षिण-पूर्व मकवानपुर, उत्तर-पश्चिम मकवानपुर र डि-1 ले संयुक्त रुपमा मनाए माओ दिवस

११ जना युवाहरु नेकपामा प्रवेश

0

हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि नेकपा दक्षिण-पूर्व मकवानपुर, उत्तर-पश्चिम मकवानपुर र डि-1 ले संयुक्त रुपमा माओ जयन्ती मनाएका छन् । हेटौंडा-११, सिमलटारमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ११ जना युवाहरु नेकपामा प्रवेश गरेका छन् ।

विश्व कम्युनिस्ट क्रान्तिका एक महान सर्जक माओत्सेतुङको १३१ औं जन्म जयन्तीको अवसरमा नेकपाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । हेटौंडा-११ सिमलटारमा आयोजित उक्त कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका इन्चार्ज राम सीले सम्पूर्ण जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै माओका विचारलाई शिरोधार्य गर्दै नेपाली विशेषताको समाजवाद स्थापनाका लागि सबै कम्युनिस्ट, देशभक्त नागरिकले कदम चाल्नुपर्ने बताएका छन् । त्यस्तै कार्यक्रममा नेकपाका वैकल्पिक केन्द्रिय सदस्य तथा डि-1 का जिल्ला इन्चार्ज मिङमार सी र केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष काली बहादुर सीले पनि शुभकामना मन्तव्य राखेका छन् ।

कार्यक्रममा उपस्थित नेकपा परिवर्तन प्रदेश नम्बर २ का इन्चार्ज सानुकान्छा मुक्तान नेकपामा प्रवेश गरेका छन् । त्यस्तै हेटौंडा-१९ का राम घलान, भिमफेदीका विजय पुलामी, गढी-२ का तारा कृष्ण बोम्जन, बाराका सुनिल स्याङ्तान, हेटौंडा-१६ का सफल गोले, अर्जुन तामाङ, अमित थिङ, सन्दिप मगर लगायत ११ जना नेकपा प्रवेश गरेका हुन् ।

मंगलबार भएको कार्यक्रममा नेकपा दक्षिण-पूर्व मकवानपुरका जिल्ला सेक्रेटरी विवेक सीले स्वागत मन्तव्य राखेका छन् । केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा उत्तर पश्चिम मकवानपुरका जिल्ला इन्चार्ज सुर्य सीको सभाध्यक्षतामा भएको कार्यक्रमको सन्चालन उत्तर-पश्चिम् मकवानपुरका सेक्रेटरी गुण सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।