१२ कार्तिक २०८१, सोमबार

मेची ब्युरोका चारवटै जिल्लामा अभियान उद्घाटन साथै बैठकहरु सम्पन्न

0

१३१ औं माओ दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोका चार जिल्ला पश्चिम झापा, पुर्वी झापा, इलाम र पाँचथरमा अभियान उद्घाटन हुनुका साथै बिशेष बैठकहरु सम्पन्न भएका छन् ।

“पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं, राज्य षड्यन्त्रको भण्डाफोर गरौं ! ” भन्ने नाराका साथ सुरु भएको अभियान उद्घाटनमा पार्टीको केन्द्रिय तहबाट पाँचथरमा ब्युरो इन्चार्ज सुमनसिंह सी, इलाममा पार्टी सिसिएम मौसम सी, पुर्वी झापामा पार्टी सिसिएम प्रशान्त सी र पश्चिम झापामा केन्द्रिय सल्लाहकार सदस्य होम सीको उपस्थिति रहेको थियो ।

पाँचथरमा बोल्दै सुमनसिंह सीले पार्टी सबै मोर्चाबाट लड्ने र सबै अग्रगामी शक्तिहरुको सहज सहभागिता रहने गरि पार्टीले मोर्चाहरु खोल्ने कुरा बताए । अमेरिकन साम्राज्यवादी शक्तिले अदालतको प्रयोग गरेर पार्टी महासचिव बिरुद्ध पक्राउ पुर्जी जारी गर्दै पार्टीप्रति रहेको जनताको आकर्षण र सहभागितालाई भत्काउन मुद्धा ब्युँताएर पक्राउ पुर्जी जारी गरेको बताए ।

आज माओलाई स्मरण गर्दै – साम्राज्यवाद विरुद्ध लड्न र जनतालाई मुक्त गर्न पार्टीले माओको योगदानलाई आत्मसात गर्ने बताए । पाँचथरको भूमिबाट उद्घोष गर्छौं- देश खान खोज्ने साम्राज्यवादी र जनता लुट्ने दलालको सपना जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टी रहुन्जेल उनीहरुको सपना पूरा हुन नदिने बताए ।

अभियानमा सबै पालिका वडासम्म पुग्ने र राजनैतिक भेटघाट, छलफल र अन्तरकृयाहरु व्यापक रुपमा गर्दै अगाडि बढ्ने बताइएको छ । नेकपाले मध्यम वर्ग, देशभक्त शक्ति, लोकतान्त्रिक गणतन्त्रवादी, वामपंथी शक्ति, युवा विद्यार्थीमा पुग्ने लक्ष्य लिएको छ । पार्टीले अग्रगामी निकासको लागि नेपाली बिशेषताको समाजवादलाई जनस्तरसम्म बहसमा लैजाने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।