५ आश्विन २०८१, शनिबार

नेकपा पूर्वी लुम्बिनीद्वारा बुटवलमा प्रशिक्षण तथा अभियान उद्घाटन

0

बुटवल: नेकपा पूर्वी लुम्बिनी ब्युरोले १३१ औं माओ दिवसको सन्दर्भमा राजनीतिक प्रशिक्षण तथा दुई महिने अभियानको उद्घाटन गरेको छ । बुटवलमा आयोजित एक कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सीले ब्युरोका जिल्ला इन्चार्ज र सेक्रेटरीलाई पार्टीको झण्डा दिएर अभियानको उद्घाटन गरेका हुन् ।


उद्घाटन एवं राजनीतिक प्रशिक्षणमा माओबारे बोल्दै दर्शन, राजनीति र अर्थशास्त्रमा माओले महत्वपूर्ण योगदान गरेको बताउदै मालेमावादलाई नेपालमा लागु गर्ने भनेको नेपालको विशेषताको समाजवाद लागुगर्ने अर्थमा बुझ्नुपर्ने बताए । एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा नेपालको माओवाद भएको चर्चा गर्दै पक्राउ पुर्जीबारे प्रचण्ड नबोल्नुको कारण उनकोसमेत साँठगाँठ रहेको सजिलै बुझ्न सकिने बताए । उनले साम्राज्यवादलाई परास्त गर्न र नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि वामपन्थी कम्युनिस्टहरुसित धु्रवीकरण गर्ने र देशभक्तहरुसित सहकार्य गर्ने बताए ।


प्रशिक्षणमा नेकपा पोलिट ब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीले पक्राउ पुर्जी जारी गर्नु प्रतिक्रियावादी राज्यसत्ता र अमेरिकी साम्राज्यवादको षडयन्त्र भएको बताउदै यसका विरुद्ध पार्टीले विवेक र साहसका साथ प्रतिरोध गर्ने बताए । अर्का पिबिएम विनोद सीले मधेश एकीकृत जनक्रान्तिको एउटा अंग भएको बताउदै सबै मधेशी श्रमिक जनसमुदाय नेपाली विशेषताको समाजवादको पक्षमा उभिनुपर्ने बताए ।
प्रशिक्षणमा नेकपा केन्द्रीय सल्लाहकार जितबहादुर सी, अखिल नेपाल शिक्षक संगठनका निवर्तमान केन्द्रीय अध्यक्ष घनश्याम पाठकले माओ दिवस मनाउनुको अर्थ सहिदको बाँकी सपना पूरा गर्नुभएको बताए । प्रशिक्षण कार्यक्रमको स्वागत नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज शरद सी, स्वागत केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज कमल सीले गरेका थिए । कार्यक्रमको अवसरमा भुइँचालो पुनर्निर्माणमा सहभागी कामरेडहरुलाई खादा र अविर लगाएर सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।