५ आश्विन २०८१, शनिबार

कालिकोटमा दुई महिने अभियान उद्घाटन गर्दै माओ जयन्ती मनाईयो

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी र पश्चिम कालिकोट जिल्लाले १३१ औं माओ जयन्ती भव्य रुपमा मनाउदै दुई महिने अभियानको उद्घाटन गरेको छ ।

नेकपाले जिल्लाको खाँडाचक्र नपा र रास्कोट नपामा एक कार्यक्रमको आयोजना गरी दुई महिने अभियानको उद्घाटन गरेको हो । नेकपाले जिल्लामा माओ दिवसलाई पनि भव्य रुपमा मनाएको छ ।

पूर्वी कालिकोटमा भएको कार्यक्रममा सेक्रेटरी रमेश सीले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी संगठन सुदृढ तथा विस्तार,राज्य षडयन्त्रको भण्डाफोर अभियान सफल बनाउनु पर्ने बताए ।

कार्यक्रममा धर्मेन्द्र सी,नविन सीको पनि आतिथ्यता रहेको थियो । विधुत सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हस्त सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।