५ आश्विन २०८१, शनिबार

विद्यार्थी साधारण शाखाको बैठक सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी विद्यार्थी साधारण शाखा बागमतीको प्रथम बैठक तथा अखिल (क्रान्तिकारी) बागमती कमान्डको दोस्रो बैठक सम्पन्न भएको छ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य शिलु सीको प्रमुख आतिथ्यतामा भएको बैठकको विशिष्ट अतिथि संगठनका अध्यक्ष प्रकाश सी, अतिथिहरु संगठनका उपाध्यक्ष नरेन्द्र सी, महासचिव ललित सी, कार्यालय सदस्य नतसा सीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शिलु सीले राष्ट्रियता स्वाधीनता, जनतन्त्र, जनजीविका पक्षमा र राष्ट्रघाती MCC विरुद्ध पार्टीले संघर्ष गर्दा त्यसको लोकप्रियताबाट प्रतिक्रियावादीहरु अट्टालिएर अदालतको सहारा लिएर नेकपामाथि पक्राउ पुर्जी जारी गरेको बताइन् । उनले यो पक्राउ पुर्जी खारेज नगरे कडा संघर्ष गर्ने बताइन् ।


अर्को एक प्रसंगमा नेतृ शिलुले पक्राउ पुर्जीबारे सरकारले पनि दोहोरो चरित्र देखाएको भन्दै सरकारसंग भएको सहमतिलाई सरकारले नै कार्यान्वयनमा ढिलासुस्ती गरिरहेको बताइन् ।
युवा विद्यार्थीहरु एक भए मात्र समाजवाद प्राप्त गर्न सकिने उनको भनाइ थियो ।
बैठकका विशिष्ट अतिथि संगठनका अध्यक्ष प्रकाश सीले आगामी दशकलाई सम्भावना, क्रान्ति, रुपान्तरणको दशक बनाउन सबैले आ-आफ्नो ठाउँबाट मेहनत गर्नुपर्ने भन्दै राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक एवम् भव्य बनाउन सबै आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।कार्यक्रमका अतिथि संगठनका उपाध्यक्ष नरेन्द्र सीले अहिले देखिएको तमाम समस्याहरुको हल समाजवादी राज्यव्यवस्थाले मात्र गर्न सक्ने भएकाले समाजवाद प्राप्तिको अभियानमा सबै लामबद्द भएर लाग्नु पर्ने आवश्यकता रहेको बताए । साथै उनले सबै कलेज क्याम्पसहरुमा विद्यार्थीको बिचमा पुगेर हाम्रो पार्टी संगठनको दृष्टिकोण धारणा व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्ने बताए । युवा विद्यार्थीहरु समाजको सबैभन्दा सचेत वर्ग भएकाले देशको रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रमका अतिथि संगठनका महासचिव ललित सीले अध्ययन अनुसन्धानलाई बढाउदै हजारौं हजार विद्यार्थीहरु संगठित गर्नुपर्ने बताए । अखिल (क्रान्तिकारी) मात्रै विद्यार्थीको नेतृत्व गर्ने संगठन भएकाले त्यहीँ अनुसारको दायित्व जिम्मेवारी बहस गर्न सुझाव दिएका थिए ।


कार्यक्रमको संचालन तथा अध्यक्षता संगठनका बागमती कमान्डका इन्चार्ज मदन सीले गरेका थिए ।
बैठकले काठमाडौँमा केन्द्रित अभियानलाई जोड दिएको छ । काठमाडौँ जिल्लालाई ४ भागमा विभाजन गरेर अभियान संचालन गर्ने निर्णय गरेको छ । संगठनका ४ जना सचिवालय सदस्यहरुलाई अभियानको कमाण्डर ताेकिएको छ । जस अनुसार सचिवालय सदस्य अनिल सीलाई कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र नागार्जुन नगरपालिका, सचिवालय सदस्य लोकेश सीलाई तारकेश्वर, टोखा, महानगर, यस्तै सचिवालय सदस्य सुवास सीलाई कागेश्वरीमनोहरा, गोकर्णेश्वर, बुढानिलकण्ठ नगरपालिका यस्तै सचिवालय सदस्य डिबी सीलाई शंकरापुर, चन्द्रागिरी नगरपालिकाको अभियान कमान्डर ताेकिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।