१५ मंसिर २०८१, शनिबार

यसरी भयो दलाल सत्ताको स्थापना

0

       प्रमाेद सी

 

 

प्रतिस्पर्धी वर्गले आफ्नो वर्गस्वार्थ पूरा गर्नका लागि बाटो तय गर्नु अर्थात आफ्नो वर्ग हितको निम्ति नीति र विचारद्वारा राज गर्नु  राजनीति हो । यो राज्य र प्रशासनसँग सम्बन्धि एक सामाजिक सिद्धान्त हो । जुन वर्गीय हुन्छ । राजनीति राज र नीति दुई शब्द मिलेर बनेको हुन्छ । राजको अर्थ शासन र नीतिको अर्थ प्रणाली अर्थात व्यवस्था भन्ने हुन्छ । खास रुपमा भन्ने हो भने एक वर्गले अर्को वर्गमाथि नीतिद्वारा अर्थात व्यवस्था निर्माण गरेर राज गर्नु राजनीति हो । राजनीति दुई प्रकृतिको हुन्छ । एक सजातीय र अर्को विजातिय । एकै वर्गीय सत्ताभित्र राज गर्नको निम्ति हुने संघर्षलाई सजातीय राजनीति संघर्ष भन्न सकिन्छ भने विपरित वर्ग बीच हुने राजनीति संघर्षलाई विजातिय राजनीति संघर्ष भन्न सकिन छ । हाल नेपालको राजनीति सत्ता एक प्रतिशत रहेको दलाल पुँजीवादमा बदलिएको छ ।सामन्तवाद र साम्राज्यवादको नाजायज सन्तान दलाल पुँजीवाद हो । यो सामन्तवादको अन्तरविरोधमा साम्राज्यवादको हस्तक्षेपबाट उत्पन्न भएको थियो । यहाँ नेपालको राजकीय सत्ता दलाल पुँजीवादको हातमा कसरी पुग्यो ? यसको बरेमा केहि चर्चा गर्न खोजिएको छ ।

नेपालमा रहेको विभिन्न भुरे टाकुरे राज्य मध्य एक गोर्खाका राजा पृथ्वीनारायण शाहले पाण्डे र थापा परिवारको अन्तर विरोधलाई मिलाइ त्यही अनुसारको हातहतियार जम्मा गरि काठमाडौँ उपत्यकालाई अधीनमा लिएर शासन गर्ने उदेश्यले राज्य विस्तारको अभियान संचालन गरेका थिए । राज्य विस्तारको अभियान काठमाडौँ उपत्यका हुँदै पूर्वमा सिक्कीम पुग्यो र पश्चिममा खासै राज्य विस्तार सफल हुन नसकेपछि राज्य विस्तारको अभियान रोकिन पुयो । त्यसपछि पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बस्न थाले र उनको त्यही नै मृत्यु भयो । सामन्तवादी सत्तामा राजाको जेठो छोरा राजा हुने चलन अनुसार पृथ्वीनारायण शाहको मृत्युपछि राजकुलमा जेठो छोराहरु देशको नेतृत्व गर्न सक्ने तेजस्वी पराक्रमी तथा युद्धकुशल निडर जुनसुकै कष्ट पनि उढाउन सक्ने आत्मनिर्णय लिन सक्ने
नजन्मिदा भाइ भाइभारदारहरुमा सत्ता संघर्ष चुलिन पुग्यो ।
देशमा राजनीति अस्थिरता, गुटबन्दी, दलाली र दरबारीय षड्यन्त्रको कार्यहरु मौलाउन थाल्यो ।पृथ्वीनारायण शाहकै पालामा नयाँ पुराना भारदारहरु बीच भएको अन्तरविरोध प्रतापसिंह राजा भएपछि बढेर गयो । रणबादुर शाहको नायबी भएर सत्ता संचालन गर्दा देवर भाउजू राजेन्द्रलक्ष्मी र बहादुर शाहबीच अन्तरविरोध हुँदा भाइभारदार दुई गुटमा विभाजन हुन पुग्यो र त्यसैको कारण भाइभारदारको हत्याको शृङ्खला सुरु भयो ।

बहादुर शाहले राज्यलाई सुदृढ नगर्दै  नेपाल अधिराज्यसँग व्यापार सम्बन्धविच्छेद गराएको आरोपमा तिब्बतको कुती र केरुङ दुवै तर्फबाट आक्रमण गरि दिदा  नेपालले जितेपनि तिब्बत र चाइनाको सेना लड्न मोर्चा कसेर आउदा र गढवल राज्यमा पुरै नियन्त्रणमा लिन खोज्दा भएको क्षेती र भागेका राजाहरु फेरि जुरमुराउन थाल्दा बहादुर शाहको टिम ठूलो बिपत्तिमा पर्न गयो । हतियार किन्न पाउने आशाले अंग्रेजसँग वाणिज्य सन्धि हुन पुग्यो तर नेपालको चाहना पूरा भएन । त्यहीदेखि अंग्रेजको राजदुत नेपाल आउने अनुमति प्राप्त भयो । यसपछि नेपालको राजनीतिमा अंग्रेजहरु प्रवेश गर्ने मौका पाए । अर्धपागल आमोद प्रमोदहरुमै दिन बिताउने मनमोजी तर चतुर भाइभारादारले प्रयाेग गर्न सक्ने रणबहादुर शाहले बहादुर शाहलाई विस्थापित गर्दै सत्ता समाले भने त्यसैको जगमा भीमसेन थापाको उदय भयो ।
भिमसेन थापाले रणबहादुरलाई प्रयोग गरेर विभिन्न षड्यन्त्र रचेर पाण्डे खलक लगाएत आफ्नो विरोधी लगाएत आफूभन्दा क्षमता भएको र सम्भावित विरोधी भाइभारादारहरुको नरसंहार र मृतकको श्रीमतीहरुलाई सती पठाएर सत्ता आफ्नो हातमा पारे । भीमसेन थापाको षड्यन्त्रका कारण रणबहादुर शाहको पनि हत्या भयो । यसरी सत्ता हात पारेको भीमसेन थापासँग अनुभवी र जाने बुझ्नेको कुटनैतिकमा राम्रो ज्ञान बौद्धिक भाइभारादारहरु कोही पनि बाँकी नरहेको र काचा, अपरिपक्व भारदारहरु मात्र  बाँकी रहेको थियो ।भीमसेन थापा षड्यन्त्रको कुशल खेलाडी भएपनि कुटनीतिक चातुर्यको कत्ति पनि ज्ञान नभएको र परिपक्व भारदारहरुको हत्या भएको र काँचा अपरिपक्व भाइभारादारहरु मात्र बाँकी रहेकोले अनावश्यक अंग्रेजहरुसँग युद्ध हुन पुग्यो । नेपालको राजनीतिमा नियालेर बसेको अंग्रेजले भिमशेन थापा एक शक्तिशाली रुपमा उदाएको र नेपालको बढ्दो प्रभावको कारण अंग्रेजहरुले आफ्नो अस्तित्व खतरामा पर्न गएको आशंका गरेपछि नेपालबाट पलायन भएको सत्ता खोसिएको साना राज्यको राजाैटा र छिमेकी राज्यहरुलाई उक्साएर नेपाल विरुद्ध लडाउन अनेकौं षड्यन्त्रहरु रच्न थाले त्यसैको जालमा भिमसेन थापाहरु परे सन् १८१० ताका अमर सिंह थापा र कष्टर लोहनीबिच नेपालले समथर भाग दाबी नगरेसम्म नेपालले पहिले नै कब्जा गरेको कुमाउ गडवल लगाएत हिमाली प्रान्तहरु अंग्रेजले पनि दाबी नगर्ने सम्झौता विपरित भिमसेन थापाको कुटनीतिक ज्ञान नहुँदा सम्झौता विपरित आफ्नो पितालाई पाल्पाको बडा हाकिम बनाइ नेपालको तराइ क्षेत्रमा कर उठाउन पठाउदा अनावश्यक अंग्रेजसंग लडाइ  भयो । लडाइमा नेपालीले देखाएको बहादुरीको कारण अंग्रेजहरु पनि प्रभावित भएका थिए । बलभद्र कुवर, अमरसिंह थापा, भक्तिथापा, उजिरसिंह थापा, वंशराज गुरुङ लगायतले  लडाइको नेतृत्व गरेका थिए । कहिले पनि युद्ध मोर्चा नलडेको र किल्लाको बारेको केहि पनि थाहा नभएको भिमसेन थापाले लडाइ जित्ने सम्भावना नै थिएन र सुगौली सन्धि गर्न नेपाल बाध्य भयो १८१६ मा इस्ट अफ इण्डियान कम्पनीसंग सुगौली सन्धि हुन पुग्दा नेपालमा दलाल प्रवृत्तिको विजारोपण भयो । सुगौली सन्धिको हस्ताक्षर नेपालको तर्फबाट राज गुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले गरेका थिए । जसमा :-
१.नेपालको केही हिस्सा भारतमा गाभ्नु पर्ने २.नेपालको राजधानी काठमाडौँमा ब्रिटेनको प्रतिनिधिलाई नियुक्त गर्नुपर्ने ३.ब्रिटीस सेनामा गोर्खा भर्ती गर्न अनुमति दिनु पर्ने ४.नेपालले आफ्नो कुनै पनि सेवामा विदेशी राख्नु परेमा बेलायतको अनुमति लिनु लगात सम्झौता गरेका थिए । यसै सम्झौताको जगमा नेपालमा दलाल सामन्तवादको जन्म भयो ।
जङ्गबहादुरले राजदरबारभित्रको अन्तरविरोधलाई उपयोग गरि जाल झेल र षड्यन्त्र गरि कोट र भण्डारखाल पर्व घटाइ अंग्रेजको सयोगमा नेपालमा दलाल सामन्तवादी सत्ता स्थापन गरे । राणा शासनले भारतको विद्रोहलाई दबाउन अंग्रेजलाई सैन्य संयोग गर्यो । नेपाली युवालाई विदेशीलाई बेच्नेयन गर्यो भने चन्द्र शमशेरको पालासम्म आउदा नेपालमा विकासित भएको घरेलु उद्योग र फलाम खानी तामा खानी र कपास खेती लगाएत उत्पादनको धेरै क्षेत्र बन्द गर्यो । नेपाली समाजलाइ परनिर्भरतिर धकेल्न सुरुवात गर्यो भने यसैको जगमा दलाल पँजीवादको बीजारोपण भयो । यहि दलाली प्रवृत्तिकै कारण सन् १९५० को भारतसंग असमान सन्धि भयो ।

२००७ सालमा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र बिद्रोह दिल्ली सम्झौतामा गएर अन्त्य भयो र नेपालमा दलाल पुँजीवादी तत्व र सामान्तावाद हाबी भयो भने क्रान्तिकारीहरु संघर्षमै रहे । भारतले कांग्रेसभित्रको समाजवादी र राष्ट्रवादी तत्वलाई अन्त्य गर्दै दलाल तत्व अगाडि ल्यायो ।
दिल्ली सम्झौतामा खडा भएको राज्य सत्ताले भारतीय सैनिक मिसन, उत्तरतिर चेक पोस्ट मन्त्री परिषदको बैठकमा प्रस्ताव भारतीय राजदुधरतले लाने, त्रिभुवनको स्वकीय सचिव भारतीय रहने र भारतसंग असमान सन्धि कोशी सम्झौता, गण्डक सम्झौता, कालापानीमा भारतीय सेना राख्ने सम्झौता, शान्ति सेना र हातहतियारसंग सम्बन्धि सम्झौता गर्न पुग्यो ।
२०१७ मा कूमार्फत सामन्तवादले सत्ता आफ्नो हातमा लियो र देशमा पञ्चायत व्यवस्थाको सुरु भयो । पञ्चायत व्यवस्थाको विरुद्धमा विभिन्न संर्घषको पनि सुरुवात भयो । महेन्द्रले अमानवीय तानाशाही शासन पञ्चायत व्यवस्था सुरु गरेपनि महेन्द्रको पालामा विकासले गति लियो । महेन्द्रले मन्त्री परिषदमा सल्लाहकार बनेको भारतीयलाई हटाए । भारतले उत्तरी सिमानामा राखेको २६ वटा भारतीय क्याम्प हटाए र भारतीय मुद्रा र पाठ्यक्रम रोके । उनले भारतीयले  परराष्ट्र  र रक्षा आफ्नो हातमा लिने चाहनाको अन्त्य गरे । नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाए । चीनसंग जोड्ने पूर्व पश्चिम लागाएत मुख्य राजमार्ग बनाए गृह परराष्ट्र, लोकसेवा, सिंहदरबारको बारेमा सल्लाह दिने भारतीयलाइ हटाइए, भूमि सुधार ऐन जारी गरे । विदेशीलाई जमिन खरिद बिक्री रोक लगाए । स्वदेशी उद्योगहरुको निर्माण र विकासमा जोड दिएको भएतापनि पञ्चायत व्यवस्थाभित्रै दलाल पुँजीवादको विकासमा तीव्रता आएको थियो । दातृराष्ट्रले सहयोग गरेको उद्योग र सार्वजनिक सम्पत्ति निजिकरणको सुरुवात भएको थियो । संयुक्त राष्ट्र संघको सदस्यता र  नवाउदारवाद संस्था अन्तर्राष्ट्रिय मुद्राकोष IMF र विश्व बैंक सदस्य सन् १९६१ सेप्टेम्बर ६ मा लिइसकेको  थियो । सन् १९७६ पछि नेपालको राजपरिवार सबै दलाल भैसकेको थियो । उनीहरु नै नेपालको एजेन्ड र  बहुराष्ट्रिय कम्पनीमा लगानी गरेका थिए ।  पञ्चायत व्यवस्थाले लुट्दा लुट्दा नेपालमा सन् १९८० मा पुग्दा बजेट बनाउने पैसा नहुँदा IMF संग ऋण माग गर्दा राज्यको उद्योग निजीकरण गर्ने स्वार्थमा दिएको थियो । वि.सं. २०३८ मा  वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन जारी गर्यो । पञ्चायत व्यवस्थाकै समयमा दरबार र त्यसको पात्रबाट भएको मुर्ति काण्ड, वि.सं. २०३० मा भएको चामाल काण्ड, ०३६ मा भएको सर्पको छाला कण्ड, ३६ मा भएको गाई तथा गधा काण्ड, ३८ को मोल काण्ड, कर्पेट, बोइङ, सुन, एक अर्व डलर लगाएत काण्ड, सेना र प्रहरीमा भ्रष्टाचार लगाएत आदि काण्ड भएको थियो । यसै व्यवस्थाको विरुद्धमा नेपाली जनताले विभिन्न संघर्ष गरे। हाेनहार योद्धाले आफ्नो जीवन नै यो व्यवस्थाको विरुद्धमा सुम्पीए त्यसैको जगमा विभिन्न आन्दोलन भए ।
२०४६ सालको जनअन्दोलनबाट जनताले आफ्नो सत्ता निर्माण गर्ने सपना अधूरै रह्यो । २०४६ सालको आन्दोलनपछि नेपालमा सामन्तवाद र दलाल पुँजीवादको संयुक्त सत्ता स्थापना भयो । साम्राज्यवादले कम्युनिस्ट नेता, कार्यकर्ता र पार्टीलाई आइएनजीओ र एनजीओकरण गर्ने नीति लियो । त्यसको सिकार एमाले पार्टी लगाएत थुप्रै नेता कार्यकर्ता भयो । सत्तामा सामन्तवाद र दलाल पुँजीवादीको अन्तर विरोध रह्यो भने क्रान्तिकारीहरु सडकमै रहे । यसै सत्ताले उदारीकरण, निजीकरण, खुल्ला बजारीकरणको नीति लियो । त्यही नीतिको कारण मित्र राष्ट्रले बनाइ दिएको सबै उद्योग ध्वस्त भयो र भारतसंग टनकपुर र माहाकाली सम्झौता गर्न पुग्यो ।
२०५२ सालदेखि जनवाद, समाजवाद र साम्यवादको उद्देश्य लिएर माओवादीले जनयुद्ध सुरु गर्यो । यसले सामन्त र दलाल पुँजीवादको विरुद्धमा संघर्ष छेड्यो । यसले सामन्तवादको अन्त्य गर्यो भने दलाल पुँजीवादसंग संघर्षमै रह्यो । १२ बुँदे सम्झौता र जनआन्दोलनपछि बनेको राज्य व्यवस्थाले सदाको लागि पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण तेस्रो लगाएत नदीनाला भारतलाई सुम्पियो भने दलाल पुँजीवाद र क्रान्तिकारीहरुको संघर्षको थलो संविधानसभा बन्यो । यसमा एनजीओ आइएनजीओको ठूलो लगानी गर्यो । ६४ सालको संविधानसभाबाट प्रगतिशील संविधान बन्ने डरले विभिन्न जाल झेल षड्यन्त्र गरि पहिलो संविधानसभा भङ्ग गरि दोस्रो संविधानसभाको चुनाव गराइ २०७२ सालको संविधानमार्फत नेपालमा दलाल पुँजीवादी सत्ता स्थापना गर्‍यो । नेपालमा विभिन्न क्रान्तिहरु भएपनि देशमा प्रगतिशील पुँजीवादी राज्य व्यवस्था समेत स्थापना हुन सकेन । नेपाली जनताले आफ्नो सत्ता निर्माण गर्ने चाहना नेतृत्वको गद्धारी र सम्झौतावादी रुझानका कारण एक प्रतिशत रहेको दलाल पँजीवादले सत्ता कब्जा गर्यो । वर्तमानमा चलिरहेको राज्य व्यवस्था दलाल पुँजीवादी राज्य व्यवस्था हो । अहिलेको नेपालको सम्पूर्ण समस्या यहि व्यवस्थाको कारणले उत्पादन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।