![](https://janapatrika.com/wp-content/uploads/2023/12/Jung-1.jpg)
काठमाडौँ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति बिपरित फैसला भैसकेको मुद्धालाई जिल्ला अदालत चितवनले उल्ट्याएको छ ।
अदालतले तोकेको धरौटी नतिरी अदालतको फैसला बिपरित फरार रहेको भन्दै पुस ८ गते अपराध अनुसन्धान साखाले अदालतबाट तोकिएको कैद जरिवाना भुक्तानी नगरे पुन पक्राउ गर्ने चेतावनीसहित पत्र काट्दै तीन बुँदे सहमति उल्त्याएको हो ।
चितवन जिल्ला अदालत भरतपुरले सार्वजनिक अपराध अन्तरगतको मुद्धामा फैसला गर्दै २ हजार जरिवाना तोकेको थियो। नेकपा र सरकारबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमतिमा विभिन्न मुद्धामा जेल भुक्तान गरिरहेका नेकपाका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहा गर्नु पर्ने उल्लेख छ ।
तर तीन बुँदे सहमति कार्यन्वन गर्न कार्यदल बनिसकेको अबस्थामा फैसला भैसकेको मुद्धालाई कार्यान्वन गर्नुको साटो उल्टै मुद्धा उल्ट्याएर फेरी धरौटीको लागि ताकेता गर्दै पत्र काट्नुले सहमति कार्यान्वयन हुनेमा आसंका उब्जेको नेकपाले जनाएको छ ।
जिल्ला अदालत चितवनद्वारा गंज सिह गुरुङको उल्लेख गरि काटिएको पत्रमा भनिएको छ, ’बिभिन्न कसुर तथा विभिन्न मितिमा फैसला भई जरिवाना तथा कैद भुक्तानी हुन बाँकी रही फरार रहेका प्रतिवादी मध्यका निम्न प्रतिवादीहरुलाई कैद कैद भुक्तानको लागि यो पत्र पठाएको छ ।’ पत्रमा नाम उल्लेख गरिएका गनज सिह गुरुङ्ग नेकपाका जिल्ला सदस्य हुन् ।
यस्तो छ चितवन जिल्ला अदालतले गुरुङ्गको नाममा काटेको पत्रको पूर्ण पाठ