२४ बैशाख २०८१, सोमबार

ताप्लेजुङमा नेकपा सम्बद्ध तीन जबस संगठनको संयुक्त सम्मेलन सम्पन्न

0

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध तीन जनवर्गीय संगठनहरुले संयुक्त रुपमा सम्मेलन सम्पन्न गरेका छन ।

शनिबार जिल्लाको सदरमुकाम फुङ्लिङबजारमा भएको कार्यक्रममा युवा संगठन नेपाल, अखिल नेपाल शिक्षक संगठन र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले संयुक्त रुपमा सम्मेलन गरेका हुन ।

संयुक्त सम्मेलनले बिदुर सी को नेतृत्वमा १९ सदस्यीय युवा संगठन नेपाल, ध्रुब सी को नेतृत्वमा १६ सदस्यीय लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र गणेशको नेतृत्वमा १३ सदस्यीय शिक्षक संगठनको जिल्ला समिति चयन गरेको छ ।

कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले औपचारिक रुपमा उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका शुसिलले नेपालमा अमेरिकी साम्राज्यवादले विभिन्न जात जातिबीच अन्तरद्वन्द खडा गरेर आफ्नो स्वार्थ पूर्ती गर्न खोजेको, देशमा विद्यमान संकटको निकासका लागि नेपाली बिषेशताको समाजवाद जरुरी रहेको र समाजवादी चरित्रको संघीयताले मात्रै जातीय समस्याको सम्बोधन गर्ने बताए ।

कार्यक्रममा नेकपा उत्तर मेचीकोशी ब्यूरो इन्चार्ज देव सीले नेकपा महासचिव विप्लव लगायतका नेताहरू विरुद्ध काठमाडौ अदालतले जारी गरेको पक्राउ पूर्जी देशमा द्वन्द निम्त्याउने षड्यन्त्र भएकोले यसको व्यापक भण्डाफोर गरेर जाने र जनताको हितमा काम गर्न संयुक्त सम्मेलनद्वारा निर्वाचित समितिहरुले भूमिका निर्बाह गर्नुपर्ने भन्दै शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै सम्मेलनमा नेकपा केन्द्रीय सल्लाहकार होम सी, लिम्बुवान मुक्ति मोर्चाका संयोजक गजेन्द्र सी, महिला नेतृ कमला र केन्द्रीय प्रतिनिधि समिति सदस्य असलले निर्वाचित समितिहरुले जनताको न्याय र अधिकारको पक्षमा सशक्त ढंगले काम गर्नुपर्ने भन्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

धुर्व सी को अध्यक्षतामा भएको सम्मेलनलाई कमल सीले सञ्चालन गरेका थिए। कार्यक्रममा बिदुर सीले मन्तव्य द्वारा स्वागत गरेका थिए भने स्थानीय कलाकारहरुले नृत्य तथा कला प्रस्तुत समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।