२४ बैशाख २०८१, सोमबार

नेकपाद्धारा पूर्वी नारायणी ब्यूरोमा संचालित अभियान प्रभावकारी बन्दै

0

रौतहत । नेपाल कम्युनिष्ट पार्टी पूर्वी नारायणी ब्यूरोले संचालन गरेको ‘पार्टी संगठन सुदृढ तथा विस्तार र राज्य षड्यन्त्रको भण्डाफोर’ अभियान प्रभावकारी बन्दै गएको छ ।

अभियानले रौतहट जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गर्दै संगठन बनाउने कामलाई तिव्रता दिएको छ ।

अभियानले आईतवार जिल्लाको चन्द्रनिगाहपुर वडा नम्वर १० बालचनपुरमा एक कार्यक्रमको आयोजना गरी एउटा पार्टी सेल कमिटी र अर्को युवा संगठन नेपालको सेल कमिटी गठन गरेको छ ।

अभियान टिमले प्रमोद विकको इन्चार्जसिप र धर्मेन्द्र पासवान सेक्रेटरी रहने गरी १९ सदस्सीय पार्टी सेल कमिटी गठन गरेको हो ।
यस्तै देवानन्द चौधरी अध्यक्ष रहने गरी ९ सदस्सीय युवा संगठन नेपालको सेल कमिटी पनि गठन गरेको नेकपा नारायणी ब्यूरोले जनाएको छ ।

कार्यक्रममा नेकपाका पोलिट ब्यूरो सदस्य तथा पूर्वी नारायणी ब्यूरो इन्चार्ज रक्तिम सीले सम्बोधन गर्दै पार्टी संगठन सुदृढ बनाएर गएपछि मात्र समाजवादी क्रान्ति पुरा गर्न सकिने बताए ।

उनले नेपालमा समाजवाद ल्याउन नचाहने प्रतिगामी तथा साम्राज्यवादीहरुको षड्यन्त्रको जनता सम्म भण्डाफोर गर्न आवश्यक भएको पनि बताए ।

नेता रक्तिमले नेपालमा नेपाली विशेषताको समाजवादले मात्र नेपाललाई अग्रगामी निकास तिर लिन सकिन दाबी गरे ।
उनले नयाँ पार्टी कमिटी र युवा संगठनको सेल कमिटीमा आवद्ध हुने सबैलाई ब्यूरो पार्टीको तर्फबाट हार्दिक बधाई दिदै नेपाल कम्युनिष्ट पार्टीको विचारमा निरन्तर लागि रहन सुझाव दिए ।

कार्यक्रममा नेकपाका रौतहट इन्चार्ज हिवशंकर पाण्डेले पनि मन्तव्य राख्दै पार्टी संगठन जनता सम्म पुगेर बनाउनु पर्ने बताए । जिल्ला सेक्रेटरी जीतेन्द्र सीको अध्यक्षतामा भएको कार्यक्रमको सुरेन्द्र सीले संचालन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।