५ मंसिर २०८१, बुधबार

मृतक बुवा टेकलालकाे समाजसेवालाई टेवा पुर्याउनु नै सच्चा श्रद्धाञ्जली हुनेछ : अनिल सी

0

स्याङ्जा– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले पत्रकार प्रकाश डुम्रेका बुवा टेकलालकाे समाजसेवालाई टेवा पुर्याउनु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
मंगलबार वालिङ नगरपालिका १२, स्याङ्जास्थित डुम्रेकाे घरमा आयाेजित श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै अनिलले यस्ताे बताएका हुन् ।
नेकपा पश्चिम गण्डकी व्युराेले आयाेजना गरेकाे श्रद्धाञ्जली सभामा बाेल्दै उनले बुवा टेकलालले समाजसेवाकाे क्षेत्र ठूलाे याेगदान पुर्याएकाे भन्दै उहाँकाे याेगदानलाई कदर गर्नुपर्ने बताए । “उहाँकाे ७६ वर्षमै निधन भएछ, गाउँमा बस्ने मानिसका लागि याे छाेटाे आयु हाे । उहाँकाे निधन असामायिक हाे ‌।”, उनले भने, “स्कुल व्यवस्थापन समिति अध्यक्ष, निर्वाचित वडाध्यक्ष, स्थानीय उपभोक्ता समिति, खानेपानी लगायतमा रहेर उहाँले थुप्रै समाजसेवा गर्नुभएकाे छ । उहाँकाे समाजसेवालाई हामीले सह्राना गर्नुपर्छ।”


प्रकाशले बुवाकाे समाजसेवालाई पच्छ्याइरहेकाे भन्दै यसलाई निरन्तरता दिन सल्लाह दिए । सभामा स्वर्गीय बुवा टेकलालकाे जीवनी पढेर सुनाइएकाे थियाे भने नेकपा महासचिव विप्लवले पठाएकाे शाेक वक्तव्य वाचन गरिएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि रहेका अनिलले पार्टीकाे तर्फबाट परिवारका सदस्यलाई समवेदना पत्र हस्तान्तरण गरेका थिए भने शाेभराज बरालले जनपत्रकारकाे तर्फबाट समवेदना पत्र हस्तान्तरण गरेका थिए ।


नेकपा पश्चिम गण्डकी व्युराे सदस्य परिवर्तनकाे अध्यक्षतामा भएकाे श्रद्धाञ्जली सभा शिव सीले संचालन गरेका थिए ‌। सभामा नेकपा पाेलिट व्युराे सदस्य राजन सी, केन्द्रीय सदस्य संजिव सी, उभार सी, अखिल (क्रान्तिकारी) पश्चिम गण्डकी ब्युरो इन्चार्ज पुरन सीकाे आतिथ्यता रहेकाे थियाे । मृतक टेकलाल डुम्रेकाे पुस ९ गते निधन भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।