२ जेष्ठ २०८१, बुधबार

बर्दियामा समाजवादी मोर्चाको गठन

0

बर्दिया । चार दलिय समाजवादी मोर्चाको बर्दिया जिल्ला समिति गठन भएको छ । मंगलवार चाद दल सम्वद्ध जिल्ला स्तरिय नेताहरुको गुलरियामा बसेको बैठकले जिल्लामा समाजवादी मोर्चा गठन गरेको  छ ।

मोर्चामा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट जिल्ला इन्चार्ज हिमशिखर सी र कामना सी, नेकपा (माओवादी केन्द्र)बाट भूवन कुमार थारु र लम्मी प्रसाद शर्मा, नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रेम प्रसाद पोखरेल र प्रताप कुमार गौतम र जनता समाजवादीका तर्फबाट कृष्ण प्रसाद यादव र जयप्रकाश बर्मा रहने गरी ८ सदस्सीय समाजवादी मोर्चाको जिल्ला कमिटी गठन गरिएको हो ।

मोर्चाको संयोजन नेकपा एकीकृत समाजावादीका नेता प्रेमप्रसाद पोखरेलले गर्नेछन ।

समाजवादी मोर्चा नेपालका लुम्बिनी प्रदेश सदस्य नारायण सीको उपस्थितिमा बसेको बैठकले पुस २२ गते पुनः बैठकबसी जिल्ला स्तरिय समाजवादी मोर्चाको घोषणा कार्यक्रम गर्ने निर्णय गरेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।