६ आश्विन २०८१, आईतवार

अमेरिकी साम्राज्यवाद नेकपाको लोकप्रियताबाट आतंकित भएर पक्राउ पूर्जी जारी गर्योः बलवान सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बलवान सीले अमेरिकी साम्राज्यवाद नेपाल कम्युनिष्ट पार्टीको लोकप्रियताबाट आंकित भएर पक्राउ पूर्जी जारी गरिएको बताएका छन ।

नेकपाका पूर्वी कालिकोटको खाँडाचक्र नगरकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा शुक्रवार सम्बोधन गर्दै जिल्ला इन्चार्ज समेत रहेका बलवान सीले यस्तो कुरा बताएका हुन ।

उनले साम्राज्यवादी षड्यन्त्रका कारण काठमाडौं जिल्ला अदालतको माध्यमबाट नेकपामाथि हमला भएको टिप्पणी गरे ।

उनले श्रमिक समूदाय र मध्यमवर्ग एकीकृत जनक्रान्तिको लागि महत्वपूर्ण बर्ग भएको बताए । नेता बलवान सीले ‘पार्टीको दुई महिने पार्टी संगठनलाई सुदृढ र बिस्तार गरौं,राज्य षड्यन्त्रको भण्डाफोर गरौं’ भन्ने अभियान सफल बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

बैठक तथा प्रशिक्षण कार्यक्रमका अतिथि पूर्वी कालिकोट जिल्ला सेक्रेटरी रमेश सीले बोल्दै पार्टीको पूर्बी जिल्ला पछिल्लो चरण नयाँ तरिकाले लाग्ने प्रतिवद्धता जनाए । उनले पार्टीको नीति बिधिलाई जनताको प्रत्यक्ष मनमनमा लिने पनि बताए ।

यस्तै कार्यक्रमका अतिथि तथा अन्तर्राष्ट्रिय ब्यूरोे अन्तरगत पूर्बी एसिया मलेसियाका महासचिव तुफान सीले पछिल्लो चरण बेरोजगारी समस्या बढेको बताए ।

उनले बिदेशीने नेपाली युवाहरुलाई नेपाल मै बस्ने बाताबरण बनाउन पार्टी केन्द्रलाई सुझाव दिए । नगर ईन्चार्ज वैद्युत सीको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन नगर सेक्रेटरी सन्तोष सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।