६ जेष्ठ २०८१, आईतवार

अखिल (क्रान्तिकारी) सिटिईभिटी उपत्यका जिल्ला समितिको दोश्रो पूर्ण बैठक सम्पन्न

0

काठमाडौँ: अखिल (क्रान्तिकारी) सि. टि. ई. भि. टि. उपत्यका जिल्ला समितिको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठकमा मन्तव्य राख्दै प्रमुख अतिथि संगठनका केन्द्रिय कार्यालय सदस्य तथा बागमती कमाण्ड इन्चार्ज मदन सीले नेपाली समाजको चित्रण गर्दै व्याप्त विकृतिका विरुद्ध डटेर सामना गर्न सके समाजवादको उपभोग गर्न सक्ने बताएका थिए । उनले समाजवादी शिक्षाको महत्व र सान्दर्भिकता दर्साउदै समाजवादी शिक्षा प्राप्त गर्नका निम्ति आम विद्यार्थी अखिल (क्रान्तिकारी) मा गोलबन्द हुन जरुरी रहेको बताए । संगठनको आसन्न २३ औँ राष्ट्रिय सम्मेलनमा समाजवादी शिक्षाका सन्दर्भमा प्राविधिक शिक्षा पढ्दै गरेका युवा विद्यार्थीले पनि घनिभुत छलफलमा भाग लिन आह्वान पनि गरेका थिए । विद्यार्थीको मुख्य कार्यभार अध्ययन रहेको र समाज रुपान्तरणका लागि क्रान्ति र परिवर्तनको पक्षमा भाग लिनुपर्ने बताउदै देशको कुरुप राजनीतिक आचरण बदलेर युवा विद्यार्थीले देश र समाजको जिम्मा लिने बेला भएको बताउदै त्यसका लागी आन्दोलित हुन प्रेरित गरेका थिए ।


त्यस्तै संगठनका केन्द्रिय सचिवालय सदस्य तथा सिटिईभिटी ब्युरो इन्चार्ज डिबी सीले प्राविधिक शिक्षालाई शैक्षिक माफियाले लुटको स्वर्ग बनाइरहेको बताउदै निम्न वर्गका छोराछोरीले पढेर रोजगारीमा जोडिएर परिवारकाे जीवनयापन गर्नेलाई राज्यले झन् लुटिरहेकाले यसका विरुद्धमा संघर्ष गर्नुको अर्को बाटो नभएको बताए । मन्तव्यकै उनलेे क्रममा प्राविधिक शिक्षा पढिरहेका विद्यार्थी आफ्मो हक र अधिकारका निम्ति विद्रोह आफैबाट सुरु गर्नुपर्ने र त्यसको नेतृत्व संगठनले गर्ने बताए । सिटिईभिटीका कलेज संचालकहरुले विद्यार्थीलाई ड्रेस, क्यान्टिक, पुस्तकालय, धरौटी जस्ता कुराहरुमा अत्याधिक पैसा असुलेको र अतिरिक्त क्रियाकलाप नगराउने संस्थाप्रति संगठनले संघर्ष गर्ने बताए । त्यस्तै परीक्षा, परिक्षाफल प्रकाशन, विषय विज्ञ प्रशिक्षक, प्रयाप्त सिकाई सामग्री, संस्थामा डिआइको अराजकता, सेती प्राविधिक शिक्षालयको विषय लगाएतका विषयमा सिटिईभिटी केन्द्रिय कार्यालयमा संघर्ष गर्ने बताउदै आम विद्यार्थी संगठनको झण्डामुनी गोलबन्द हुन अनुरोध गरेका थिए । त्यस्तै संगठनमा केन्द्रिय सदस्य तथा बझाङदिप क्याम्पसका स्ववियु सभापति तथा मध्य कमाण्ड अन्तर्गत २३औँ राष्ट्रिय सम्मेल विशेष अभियान अन्तर्गत सिटिईभिटी, विश्वविद्यालय अभियानका सदस्य कमल सीले खाडीमा दु:ख कष्ट गरिरहेको युवाको जीवनमा आधारित एक मुक्तकबाट आफ्नो मन्तव्यको सुरुवात गरेका थिए । उनलेे स्ववियुको महत्व र विद्यार्थीको दायित्वका विषयमा आफ्नो धारणा राखेका थिए । त्यस्तै अर्का अतिथि संगठनका केन्द्रिय सदस्य प्रजित सी र केन्द्रीय सदस्य तथा पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समिति अध्यक्ष सबिन सीले पनि मन्तव्य राखेका थिए । जिल्लाका पदाधिकारी र उपस्थित जिल्ला सदस्यहरुले आफ्नो कलेज र कार्यक्षेत्रको रिपोर्टिङ राख्ने क्रममा हरेक शैक्षिक संस्थाहरुले विद्यार्थीलाई अवैध रुपमा लुटिरहेको भन्दै संगठनको पहलमा यस्ता फटाहा शैक्षिक संस्थालाई ठेगाना लगाउनु पर्ने र त्यसका लागी संगठनलाई आम विद्यार्थीले साथ दिने बताएका थिए । बैठकद्वारा पदाधिकारीसहित १२ सदस्यीय जिल्ला सचिवालयको निर्माण गरिएको छ । जसमा महेश सी, सुरज सी, कबिराज सी, सुशील सी, संदेश सी, फिरोजा सी र दिपेश सी रहेका छन् । त्यसैगरी सिटिईभिटी उपत्यका जिल्लालाई चारवटा इलाकामा विभाजन गरि इलाका १ इन्चार्ज उपाध्यक्ष सुरेश सी, इलाका २ इन्चार्ज सचिव रुप सी, इलाका ३ इन्चार्ज सह-सचिव कल्पना सी र इलाका ४ इन्चार्ज कोषाध्यक्ष नवीन सी रहनेगरी सचिवालय र जिल्ला सदस्यसहित चाैतर्फी जिल्ला अध्यक्षले हेर्ने निर्णय गरिएको छ । त्यस्तै संगठनको २३ औँ राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सफल पार्नका लागी चारवटै इलाकामा व्यवस्थित अभियान संचालन गर्दै शैक्षिक संस्थामा भएका विकृति र विसंगति विरुद्ध संघर्ष गर्ने लगाएत अन्य महत्त्वपूर्ण निर्णय बैठकले गरेकाे छ । उक्त बैठकको अध्यक्षता तथा संचालन जिल्ला अध्यक्ष बालकेस सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।