५ जेष्ठ २०८१, शनिबार

सामना सांस्कृति परिवारको कलंकीमा सांस्कृति प्रस्तुति हुने

0

काठमाडौं । नेकपाको केन्द्रीय जनकलाकारको सामना सांस्कृतिक टिमले भोलि काठमाडौंको कलंकी चोकमा सांस्कृति प्रस्तुति देखाउने भएको छ । केन्द्रीय सामना सांस्कृति टिमको आयोजना र नेपाल कम्युनिष्ट पार्टी काठमाडौं ३ नम्वर जिल्लाको व्यवस्थापनमा सांस्कृति कार्यक्रम हुन लागको हो ।

कार्यक्रम शनिवार दिउसो १ बजेबाट सुरु हुने नेकपा काठमाडौं ३ नम्वर जिल्ला इन्र्चाज डिआरसीले जनाएका छन ।

सामनाका कलाकारहरुले नेकपामाथि राज्यले गरेको पक्राउ पूर्जी जस्तो षड्यन्त्रको भण्डाफोर,संगठन सुदृढ तथा विस्तार अभियानको जनतामा सम्म बोध,राष्ट्रिय स्वाधीनताको रक्षा र राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद हुने जस्ता विषय वस्तुहरु गीत संगीत र नृत्यमार्फत बुझाउने छ ।

कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य तथा सांस्कृतिक योद्धा माइला सीको पनि सहभागिता रहने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।