काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य इच्छुक सीका बुवाको निधनप्रति नेकपा महासचिव विप्लव सीले दुःख व्यक्त गरेका छन् । शनिबार शोक वक्तव्य जारी गर्दै विप्लवले इच्छुकका बुवा छलबहादुर थापामगरको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
विप्लवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै इच्छुक र उहाँको परिवारजनप्रति समवेदन प्रकट गरेका छन् । दोरम्वा शैलुङ गाउँपालिका, ५ रामेछाप घर भई थिमी ७, भक्तपुर बस्ने इच्छुकका बुवा छलबहादुर सिँढीबाट लडेर घाइते भएका थिए । सक्त घाइते उनलाई अस्पताल लिदै गर्दा शुक्रबार मध्यान्ह १२ बजे बाटोमै निधन भएको थियो ।
उनका तीन छोरा र दुई छोरी छन् । उद्धव, इच्छुक, रामहरी क्रमश: जेठा, माइला र कान्छा छोरा हुन् भने विष्णुमाया र दिलमाया क्रमश: जेठी र कान्छी छोरी हुन् । उनलाई आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।