८ मंसिर २०८१, शनिबार

वैज्ञानिक समाजवाद र साम्यवादको उत्पत्ति

0

१) थोरै श्रम वा विना श्रमको धनी बन्ने मानिसको स्वभाविक इच्छा
२ ) मेसिनको अविष्कारद्वारा थोरै श्रमले धेरै मालवस्तु तयार सस्तो मूल्यमा बेचेर बढी मुनाफाको सुविधा ।
३) मेसिनद्वारा बनेको वस्तुले बजारमा प्रतिस्पर्धा गर्न नसक्नुको कारण कारीगरको प्रतियोगिता समाप्त हुनु ।
४) धेरै जानकारीको आवश्यकता नहुनुबाट अनाडि मान्छेद्वारा राम्रो वस्तु बनाउन सक्नु ।

वैज्ञानिक समाजवाद साम्यवाद तव सामुने प्रकट भयो, जव उसको उत्पत्ति गर्ने कारणको आवश्यकता भयो । जव वस्तुमा मानिसको श्रम जति बढी लाग्छ उसको मूल्य अधिक हुन्छ । धेरै खनेर धेरै श्रमबाट कहिले काही हिरा भेटाउँछ तसर्थ त्यसको मूल्य बढी हुन्छ । यदि एउटा मान्छेको श्रमले ६ घण्टामा हिरा भेटाउने हो भने त्यसको मूल्य धेरै हुने थिएन । हातले बनेको वस्तुको मूल्य धेरै हुन्छ किनकी त्यसमा श्रम वढी लाग्छ । मान्छेको श्रमको कम परिमाणमा लाग्नुले नै मेसिनवाट बनेको वस्तु सस्तो हुन्छ । मेसिनको यहि प्रमुख काम छ की वस्तुलाई उत्पादन गर्नमा मान्छेको श्रमको थोरै भन्दा थोरै प्रयोग गरियोस यसको परिणामले मेसिनको प्रयोगवाट त्यतिनै वस्तु उत्पादन गर्नको लागि त्यति नै मान्छेको श्रमको आवश्यकता पर्दैन जति त्यसै वस्तुलाई हातले बनाउनु पर्छ । हातले बुन्ने कर्घावाट आठ घण्टामा एउटा मान्छे ९० मिटर कपड़ा तयार गर्छ भने कम जान्ने मान्छे कपड़ाको मिलमा आठ घण्टा मा १०० मिटर कपड़ा तयार गर्छ ।

यसबाट यो थाहा हुन्छ कि ६ जनाको काम एउटै मान्छेद्वारा गर्नु र ६ जना वेरोजगार हुनु । मेसिन मान्छेको कामलाई खोसि दिन्छ र खेती गर्न पनि जमिन हुदैन र उसले हेर्छ कि केहि मान्छे दिन प्रति दिन धनी भइरहेको र यो बुझन समय लागेन कि धन श्रमिकको श्रमवाट नै एक ठाउँमा जम्मा हुन्छ । जहाँ खेतीको मजदुर यता उता भडकिनुमा चुपचाप पनि लाग्न सक्छ तर फैक्ट्रीको मजदुर संगठित भै आन्दोलन गर्नुको पनि ताकत राख्छ । मानिसमा यस्तो मान्छे पनि हुन्छ कि आफू आराममा रहेर पनि अर्को मान्छेको दुख माथी सोच्ने र त्यसलाई हटाउनको लागि आफ्नो सबै चिज दिन सक्छ । त्यस वखत पुँजीवाद थिएन र उसको कठिनाईलाई मद्दत गर्दथ्यो र त्यस समय आर्थिक समानताको विचारक पनि थियो । जस्तो कि दुई हजार वर्ष पहिले बुद्धले आफ्नो भिक्षुलाई जीवनको काममा आउने वस्तुलाई आवश्यकता अनुसार बराबर बाँडन लगाउथ्यो । नवौ सदीको मध्यमा तिब्बतको सम्राट युनि चन पोले पनि आफ्नो राज्यमा तिन पल्ट धन सम्पत्तिलाई नागरिकलाई वरावर गरि बाँड्यो । यो विचारक व्यक्ति २० औ सताब्दीमा पनि थियो ।

जसले समानताको प्रचार गरि रह्यो । जुन वैज्ञानिक समाजवाद साम्यवाद पुँजीवादको रोगको परम औषधी मान्दथे त्यो हो साम्यवाद । विज्ञानको अविष्कारलाई व्यक्तिगत निजी नाफाका लागि शुरू गरिन्छ तब मात्र वेरोजगारीको समस्या आएको हो । त्यसैले विज्ञानको आविष्कार केहि सीमित मान्छेको मुनाफाको लागि नभई सारा समाजको मलाईको लागि उपयोग गर्नु पर्छ । यदि विज्ञानले ६ जना मान्छेको काम एक जना मान्छेले गर्छ भने पाँच जनाको काम वाट बञ्चित गरि भोको हुन दिदैन बरु कामको समय घण्टामा त्यस ६ जना मान्छे जति कपड़ा १२ घण्टामा बनाउन सक्छ यदि मेसिनद्वारा एउटा मान्छे नै त्यति कपड़ालाई १२ घण्टामा बनाउन सक्छ तव १२ घण्टाको कामलाई हामी ६ जना मान्छेलाई दुई दुई घण्टा मा बाँडन सकिन्छ र यो वेरोजगारीको समस्या हल गर्न सकिन्छ । साम्यवाद पुँजीवादको असल औषधी हो । साम्यवाद अर्थात वैज्ञानिकवाट लाभ लिदै उसको प्रगतिको वाटो खुला राख्दै पुँजीवादद्वारा खड़ा गरिएको पीड़ालाई हटाउन जुन तरिकाले विजुलीको ल्याम्प माथि फुकेर निभाउन सकिदैन त्यसै गरि विज्ञान (कअष्भलअभ) द्वारा उत्पन्न गरिएको समस्यालाई अन्धो तपस्याले हटाउन सकिदैन । वैज्ञानिक साम्यवादीहरुले यो बुझेको छ कि विज्ञानको आविष्कार स्वंम नराम्रो होइन जव यस आविष्कारलाई प्रयोग वैयक्तिक नाफाको लागि शुरू गरियो तव वेरोजगारीको ठुलो समस्या उत्पन्न भयो ।

मान्छेलाई घण्टाको काम बराबर बाँड्दा समस्या हल हुने सम्बन्धमा दुई वटै विचार एक अर्काको पुरै उल्टो छ । दुवै नै विज्ञानको आविष्कारको काममा ल्याउन पक्षमा छन तर जहाँ पुँजीवाद केही मान्छेको नाफाको लागि सबै मान्छे समाजको जीवनलाई नरक बनाउनलाई तैयार हुन्छ । त्यहाँ साम्यवादको विचार छ कि केही मानिसको स्वार्थको लागि होइन कि सबै मानिस समाजको लागि सुख सामग्रीलाई वृद्धि गर्नु । जव सम्म वस्तुलाई नाफाको लागि तैयार गरिन्छ, तव सम्म वेरोजगारीलाई हटाउनलाई घण्टालाई बाँडेर सबै मान्छेलाई काम दिनु मान्दैन । वस्तुतः जसरी साईकल तव सम्म खड़ा रहन सक्छ जव सम्म साइकल गुडिरहन्छ । पुँजीवाद तव सम्म चलिरहन्छ जव सम्म कि पुँजीपतिको वैयक्तिक नाफा भइरहन्छ । नाफा पुँजीपतिको जीवनमरणको सवाल छ । आज सम्म विश्वमा सबै ठाउँमा मान्छे कठिनाई नै कठिनाईमा देखा पर्छ । कारखानाको मालिक र व्यापारिकले नै वजारको मन्दीको भत्सर्ना गर्दैन बरू गाउँको किसान र देशमा काम गर्ने व्यक्ति मजदुर पनि यसको राम्रोसंग अनुभव गर्दछ ।

शहरको कारखाना व्यक्ति मजदुरको भयंकर अवस्थाको वारेमा केही भन्नु छैन । यूरोप र अमेरिकाको औद्योगिक देशहरुमा वेरोजगारीको संख्या करौडो सम्म पुगिसकेको छ । जसको लागि जीवन ज्यून धेरै आवश्यक वस्तु भेटाउनु मुश्किल भईरहेको छ । आउने दिन यहाँ धेरै जसो स्त्री पुरुष ज्यूनवाट अप्ठयारो भइकन आत्महत्या हुनु पर्छ । मान्छेको यति ठुलो संख्याको यति कष्टमा राखी केही थोरै मान्छेको सुखी रहनु कुनै पनि दृष्टिले राम्रो होइन । पुँजीवादको दुष्परिणाम वेरोजगारी मात्रै होइन । पुँजीवादवाट मानव जाति माथि भयंकर आपति विपति ल्याउने कारण हुने गर्छ र यो हो महायुद्ध । विश्वको शान्तिलाई भंग गर्नु । हरेक एक पुँजीवादी देश यो चाहन्छ कि त्यसको कारखाना चलिरहोस तर कारखाना तव सम्म चलिरहोस जव सम्म कि तयार भएको वस्तु विक्री भइरहोस । हामीले भनेका छौ कि १९ औ सदीको भन्दा पहिले पचासौ वर्ष सम्म विश्वमा धेरै जसो बजार खाली भएको छ ।

तर पछि एक सहीमा बदलिएको छ । अव त वस्तु खपतको लागि कुनै बजार अज्ञात छैन । वस्तुत विश्वको सबै व्यवसाय रहित देशको पुँजीवादी देशमा फाँटवखरा गरि लिएको छ कुनै समय इंगलैण्ड विश्वको अधिकांश वजारको मालिक थियो । फेरि जर्मनीले कारखानालाई बढाएर आफ्नो लागि पनि वजारलाई बढाउन चाहनथ्यो पछि भिषण यूरोपीय महायुद्धको समय केही ठाउँ सुनसान पाएर अमेरिका र जापान पनि बजारलाई आफ्नो हातमा राख्ने कोशिस गरयो । त्यसको कारखाना धेरै संख्यामा वस्तु निर्माण गर्न थाल्यो । लड़ाई बन्द भएपछि पनि आजको अवस्था कस्तो ६ यदि अमेरिकाले सामानलाई इंगलैण्ड आफ्नो साम्राज्य भित्र आउन दिदैन र आउन नदिनुको मतलव छ । आफ्नो वस्तु लाई खपत कम गर्नु तव अमेरिकाले मौका हेर्छ कि कसरी ? हामी इंगलैण्डको प्रमुखलाई हटाउनु यहि कुरा जापानको विषयमा छ । असल मा गिन्तीमा दुई रोटी छ । तर त्यसलाई खानको लागि दर्जनौ मुख छ । विश्वको राष्ट्र यस कुरासंग अवगत छ र यही कारणले जुन निशस्त्रीकरणको यति चेष्टा भइरहेको छ जव सम्म आफ्नो माल वस्तुको खपतको लागि वजारको खोसाखोस रहन्छ तव सम्म विश्वको टाउको माथि युद्धको तलवारलाई हटाउन सकिदैन बजार र कच्चा मालको लागि नयाँ देश माथि अधिकार जमाउनुको लोभ मा २१ वर्ष पछि फेरि जर्मनीले महायुद्ध गर्यो उसले सोभियत संघ माथि आक्रमण . गरयो । पुँजीवाद रहे सम्म विश्वयुद्धको चपेटामा मानव जाति परिरहन्छ । त्यसैको कारणले विश्व साम्यवादी सिद्धान्तको जन्म भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।