२१ बैशाख २०८१, शुक्रबार

नेपालको पश्चिम भूभाग टुक्राएर भारत नयाँ प्रदेश बनाउने योजनामा छ : अनिल सी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले भारतले नेपालको पश्चिम भूभाग टुक्र्याएर भारतले नयाँ प्रदेश बनाउने योजना बनाएको खुलासा गरेका छन् । आइतबार नेकपाको प्रकाशन तथा प्रचार विभाग अन्तरगत साधारण साखाको चौथो बैठकमा प्रशिक्षण मन्तव्य राख्दै अनिलले यस्तो खुलासा गरेका हुन् ।

उनले नेपालका सिमावर्ती क्षेत्रमा नगरिकहरुलाई प्रभावमा पार्ने र आफ्नो देशको नागरिकहरुलाई घुसपैठ गर्दै आफ्नो बाहुल्यता देखाएर धर्म बचाउने नाममा पश्चिमी भूभागलाई भारतमा गाभेर छुट्टै प्रदेश बनाउने योजनाहरु बुन्दै गरेको बताए । उनले भने, ‘भारतको तीन जिल्ला समेटेर मानव खण्ड नाम दिई छुट्टै प्रदेश बनाउने योजनामा छ ।  नेपालकाे पश्चिमी भूभाग हडपेर भारतले आफ्नो प्रदेश बनाउने योजना बनाएको छ । उक्त प्रदेशमा नेपालको कर्णाली पारीका जिल्लाहरु र भारतका तीन जिल्ला समावेश गर्ने योजना छ ।’

भारतले यो योजना पश्चिममा मात्र नभई कोशी पूर्वको भूभागलाई पनि टुक्रायाएर सिक्किमसँग जोड्ने योजना बनाएको उनको जिकिर थियो । ‘भारतलाई चीनलाई सन्तुलनमा राख्न पश्चिम चाहिएको छ । त्यही भएर कर्णाली पश्चिमको भूभागमा आँखा गाडिरहेको छ ।’, उनले भने, ‘पूर्वमा पनि सिक्किम जोड्न प्रदेश जान साँघुरोबाटो प्रयोग गर्नुपर्छ । कोषी पूर्वको भूभाग पनि हडप्न पूर्वमा भारतले साम्प्रदायिकता बढाएको छ ।’

साथै, उनले नेपालमा साम्राज्यवादले विभिन्न तरिकाले खेलिरहेको भन्दै यसमा सरकार बेखबर रहेको उनको भनाई थियो । यस्तै सूचना पाएपछि नेकपाले साम्राज्यवादको विरुद्ध, राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको निम्ति नेकपाको विशेष केन्द्रीय समिति बैठकले संघर्षलाई थप सशक्त बनाउने योजना बनाएको बताए । साम्राज्यवादले विभिन्न बहानामा नेपालीको स्वाभिमानमाथि खेल्न खोजे आफ्नो पार्टी हेरेर नबस्ने चेतावनीसमेत दिए ।
पछिल्लो समसामायिक राजनीतिको बारेमा प्रशिक्षित गर्दै उनले अहिले अदालतले नेकपाका नेताहरुमाथि पक्राउ पुर्जी जारी गरेपछि पार्टीको पक्षमा माहोल बनेको बताउदै समाजवादी मोर्चाभित्र पनि पार्टीको एजेण्डाहरु स्थापित हुँदै गएको दाबी गरे । प्रकाशन विभाग अन्तर्गतको शाखाको बैठकको अध्यक्षता तथा संचालन सेक्रेटरी उत्कर्ष सीले गरेका थिए भने अतिथिको रुपमा शाखाका इन्चार्ज तथा केन्द्रीय सदस्य संजिव सीको उपस्थिति रहेको थियो । बैठकमा शाखाका जिम्मेवार सदस्यहरुले आफ्नो रिपोटिङ तथा सुझाव दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।