२१ बैशाख २०८१, शुक्रबार

पालिकास्तरमा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय गर्दै मोर्चाको बर्दिया बैठक सम्पन्न

0

बर्दिया । चार दलिय समाजवादी मोर्चा नेपाल बर्दियाले पालिका स्तरमा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय गरेको छ ।

आईतबार जिल्लाको सदरमुकाम गुलरियामा बसेको मोर्चाको प्रथम बैठकले पालिका स्तरमा मोर्चाको संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

मोर्चाको बैठकले समाजवादी मोर्चाको घोषणा सभा आगामी फागुन महिनामा आयोजना गर्ने पनि निर्णय गरेको छ । यस्तै मोर्चाको बैठकले प्रत्यक दलबाट एक एक जना सदस्य थप गर्ने निर्णय पनि गरेको बताईएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द)्र,नेकपा,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका मोर्चामा सहभागी नेताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।