२१ बैशाख २०८१, शुक्रबार

साम्राज्यवाद अस्सली दलालहरुको निरंकुश सरकार बनाउन चाहान्छः बन्धु सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पिविएम बन्धु सीले अमेरिकी साम्राज्यवादले नेपालमा आफ्ना अस्सली दलालहरुको निरंकुश सरकार बनाउन चाहेको खुलासा गरेकी छन ।

नेपाल कम्युनिष्ट पार्टी दक्षिण बाँके जिल्लाको विशेष बैठकलाई आईतबार सम्बोधन गर्दै अनेमसंघ(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष समेत रहेकी बन्धु सीले अमेरिकी साम्राज्यवादले अस्सली दलाल पात्र मार्फत नेपालमा निरंकुश सरकार बनाउन चाहेको खुलासा गरेकी हुन ।

उनले भारतीय साम्राज्यवादले पनि नेपालमा हिन्दुधर्मको नारा उठाउदै दलाल तत्व र राजावादीहरुको गठन्ध गराई आफ्नो स्वार्थ अनुकूलको सरकार बनाउने दाउ खोजेको बताईन ।

उनले साम्राज्यवादलाई समाजवादी मोर्चा आखाँको कसिंगर भएको तर्फ चर्चा गर्दै समाजवादी मोर्चा भत्काएर दलालहरुको निरंकुश सरकार बनाउनेतिर साम्राज्यवादी षड्यन्त्र भइरहेको बताईन ।

उनले भनिन् ‘नेपालमा अहिलेको राजनीतिक संकटको निकास नत अमेरिकी चाहानाले हुन्छ नत भारतीय चाहानाले हन्छ यहाँ त नेपाली जनताको चाहानाले समाजवादी व्यवस्थाबाट समाधान हुन्छ,त्यसका लागि नेपाली विशेषताको समाजवाद नै उपयुक्त विकल्प हो ।’

बैठकमा नेकपाका दक्षिण कर्णाली ब्यूरो इन्चार्ज संगम सी,नेकपा दक्षिण बाँके जिल्ला इन्चार्ज शेखर सीको पनि आतिथ्यता रहेको थियो । दक्षिण बाँके सेक्रेटरी बाकर सीको अध्यक्षतमा बैठक बसेको हो । बैठक भोलि सकिने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।