२२ बैशाख २०८१, शनिबार

नेपाली विशेषताको समाजवाद सबैलाई अनिवार्य भयोः बलवान सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बलवान सीले नेपाली विशेषताको समाजवाद सबैका लागि अनिवार्य भएको बताएका छन ।

नेकपा शुभकालिका गाँउ कमिटीको विशेष बैठक तथा प्रशिक्षण कार्याक्रमलाई आईतवार भर्तामा सम्बोधन गर्दै जिल्ला इन्चार्ज समेत रहेका बलवान सीले नेपाली विशेषताको समावाद समाजवादी मोर्चाको लागि मात्र नभई परिवर्तन चाहने सबैलाई अनिवार्य भएको बताएका हुन ।

उनले साम्राज्यवादी षड्यन्त्रको भण्डाफोर गर्दै संगठनलाई सुदृढ तथा विस्तार गर्ने अभियान प्रभावकारी बनाउदै लिनु पर्ने बताए ।
केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पूर्वि कालिकोट जिल्ला सेक्रेटरी रमेश सीले अहिलेको दलाल संसदीय पुँजीवादी व्यवस्थाका जरा मक्किएको रुख जस्तै भएको भन्दै यसको मृत्यु अनिवार्य भएको बताए ।

उनले आम पार्टी कार्यकर्तालाई यक पटक शाहास पूर्वक पार्टी बिशेष बैठकले लियको निर्णयहरु तदारुकताकासाथ लागु गर्न निर्देशन दिए ।

बैठकमा अन्तर्राष्ट्रिय ब्युरो मलेसियाका महासचिव तुफान सीले बिश्व बहुध्रुवीय भएको अबस्थामा अमेरिकी साम्राज्यवाद पनि एक्लै लड्न सक्ने स्थितिमा नभएको बताए ।

उनले नेपालमा गठन भएको समाजबादी मोर्चाबाट अमेरिकी साम्राज्यवाद आतंकित भएर नेकपाका विरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको बताए । गाउँपालिका सेक्रेटरी धर्मेन्द्र सीको अध्यक्षतामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।