६ आश्विन २०८१, आईतवार

क्रान्ति अनिवार्य भो !

0

जहाँ मालिक हुन्छन्
त्यहाँ दास हुन्छ्न
जहाँ दलालहरु हुन्छन्
त्यहाँ स्वाभिमान गुम्छ
जहाँ अन्याय अत्याचारले सीमा नाघ्छ
त्यहाँ विद्रोह र क्रान्ति हुन्छ
जहाँ साम्राज्यवादका बुट बजारिन्छन
त्यहाँ देशभक्तहरु एकजुट हुनैपर्छ
स्वाभिमानका लागि लड्नै पर्छ
एमसीसीको अत्याचारले सीमा नाघ्दा
क्रान्ति नभई नहुने भयो
क्रान्ति अनिर्वाय भयो !
जब दुनियाँमा दमनले राष्ट्रघात र जनघात गर्छ
त्यहाँ आधी तुफानसंगै क्रान्तिको जन्म हुन्छ
साम्राज्यवादी उडुस,उपियाँ र भ्यागुत्ताहरुले
नेपाल लुट्ने सपना बुन्दैछन्
कुवा भित्रैबाट पर्खाल नागेर संसार देख्न खोजेका छन
भ्यागुत्ता उफ्रिने पर्खालमा काँडेतार लगाउनै पर्छ
अनि ! उडुस उपियाँका विरुद्ध विषादी छर्नैपर्छ
नत्र ! देश जोखिम र भयाङकर दुर्घटनामा जाँला
त्यसैले,समाज बदल्नेहरु हातमा हात मिलाएर उठ
सुन्दर संसार बनाउन नयाँ संकल्प गरेर उठ
स्वाभिमान बचाउनु छ भने
देशभक्तिको मृत्यु जितेर उठ
सिङ्गो समाज बदल्न क्रान्ति नभई नहुने भयो
अब क्रान्ति अनिर्वाय भयो !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।