२१ बैशाख २०८१, शुक्रबार

नयाँ नेतृत्व निर्वाचित गर्दै क्रान्तिकारी ट्रेडयुनियन महासंघको नवलपुर जिल्ला सम्मेलन सम्पन्न

0

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ नवलपुरको आठौं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ ।

नेकपा निकट भातृ संगठन क्रान्तिकारी ट्रेडयुनियन महासंघको शनिबार जिल्लाको देवचुली नगरपालिका वडा नंम्मर २ दुम्कौलीमा सम्पन्न आठौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व निर्वाचित हो ।

सम्मेलनले महेश सीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्बाचित गरेको क्रान्तिकारी ट्रेडयुनियन महासंघले जनाएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दैै क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि श्याम सीले अब डलरबादी चिन्तनमा फँसेको ट्रेडयुनियन आन्दोलनलाई क्रान्तिकारीहरुले नयाँ तरिकाले उठाउनु पर्ने बताए ।

उनले मजदुरहरुको समस्या दलाल संसदीय पुँजीवादी व्यवस्थाबाट समाधान नहुने भन्दै समाजवादी व्यवस्थामा जानुको विकल्प नभएको बताए । उनले मजदुरहरुको अधिकार शुनिश्ति गर्न र श्रमको मुल्य स्थापित गर्न क्रान्तिकारी ट्रेडयुनियन महासंघको काँधमा ठुलो जिम्मेवारी आएको बताए ।

सम्मेलनमा नेकपा नवलपुर जिल्ला ईन्चार्ज सुमन सीको विशेष आतिथ्यता रहेको थियो । यस्तै सम्मेलनमा महासंघका केन्द्रीय महासचिव टेक सी, पार्टी जिल्ला सेक्रेटरी रक्षक सी, महासंघका केन्द्रीय सदस्य धर्म सी लगायतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।