६ आश्विन २०८१, आईतवार

नेकपाको २ महिने अभियान ठाँटीकाँध गाउँपालिकामा प्रवेश

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टी दैलेखले संचालन गरेको २ महिने ‘संगठन सुदृढ तथा विस्तार गरौँ,राज्य षड्यन्त्रको भन्डाफोर गरौँ’ भन्ने अभियान ठाँटीकाँध गाउँपालिकामा प्रवेश गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीको नेतृत्वमा संचालित अभियान ठाँटीकाँध गाउँपालिकामा सोमबार प्रवेश गरेको हो ।
अभियान टिमले आज गाउँपालिकाका कर्मचारी,कृष्ण माध्यमिक विद्यालयका शिक्षकहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा केन्द्रीय सदस्य कलम सीले अहिलेको राजनीतिक संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको बताए ।

उनले राजावादीहरुले अगाडि सारेको राजतन्त्र फर्काउने विकल्प प्रतिगामी विकल्प भएको पनि बताए । केन्द्रीय सदस्य कलमले रविको व्यवस्था होईन अवस्था फेर्ने विकल्प पनि यथास्थितिवादी विकल्प भएको र यसले समस्याको समाधान नदिने दाबी गरे ।

उनले समाजवादी मोर्चा नेपाल गठन गर्नुको उद्देश्य साम्राज्यवादी हस्तक्षेप विरुद्ध संघर्ष गर्नु,दलाल पँुजीवादको विकल्पमा नेपाली विशेषताको समाजवाद लागू गर्नु रहेको बताए ।

उनले अवको निकासको लागि सवै कम्युनिस्ट,गणतन्त्रवादी र देशभक्त शक्तिलहरु एकजुट हुनुपर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।