६ जेष्ठ २०८१, आईतवार

लगानीकर्ताको हित संरक्षण गर्न बोर्ड गम्भिर हुनु पर्छः विपिन सी

0

ललितपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले नेपाल धितोपत्र बोर्डलाई लगानी कर्ताको हित संरक्षणका निम्ति गम्भिर बन्न चेतावनी दिएका छन ।

नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्यूरोले धितोपत्र बोर्डमा भएको अनियमितता र बेथिति बिरुद्ध बोर्डको कार्यालयमा सोमबार आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

नेता विपिन सीले ६० लाख जनताको लगानी रहेको बजारमा केही घराना बिचौलिया र सिमित व्यक्तिले फाइदा लिने गरी बोर्डले नीतिगत भ्रष्टाचार गरेको भन्दै लगानीकर्ताको हित संरक्षणका लागि गम्भिर बन्न चेतावनी दिए ।

उनले यस कार्यमा अर्थ मन्त्रालय , उच्च तहका कर्मचारीहरु रहेको भन्दै उनीहरुले समस्या समाधान गर्ने भन्दा उल्टै घुस खाने, भ्रष्टाचार गर्ने सीमित व्यक्तिलाई फाइदा पुग्ने गरी काम गर्ने गरेको आरोप लगाए ।

उनले देश र जनता गरीब हुनुको मुख्य कारण नवउदारवादी अर्थतन्त्र,खुल्ला बजार भएको भन्दै त्यसको अन्त्य जरुरी भएको बताए ।

उनले भने “ दलाल संसदीय पुँजीवादी व्यवस्थाले नेपाली जनताको हित गर्न सक्दैन,नेपालमा नयाँ ढंगको वैज्ञानिक समाजबादी व्यवस्था स्थापना गर्न जरुरी छ । त्यसका लागि एकीकृत जनक्रान्ति अगाडि बढिरहेको छ । त्यसैअनुसार देशमा देखा परेका विभिन्न संकटमा हाम्रो पार्टीले सङ्घर्ष गर्दै आइरहेको छ ।”

उनले नेपाली विशेषताको समाजवादले नेपाललाई आत्मनिर्भर बनाउने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने बताए । उनले नेपालीलाई स्वाभिमानी बनाउन र उत्पीडित जाति जनजाति वर्ग लिंग क्षेत्रको विभेदलाई अन्त्य गर्न नेपाली विशेषताको समाजवाद अनिवार्य भएको ठोकुवा गरे ।

प्रदर्शन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भृकुटी सी,विजय सी,लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।