२ जेष्ठ २०८१, बुधबार

एकीकृत जनक्रान्तिको स्कुलले ब्यारेकमा बस्ने आर्मी नभई रणमैदानको सिपाही बनाउँछ : भरत सी

0

 

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभागका इन्चार्ज भरत सीले नेपालको नयाँ राष्ट्रिय अभिभारा पूरा गर्ने दायित्वबोध गर्दै स्कुलिङ सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नारायणी व्युरोको ६ दिने स्कुलिङको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । एकीकृत जनक्रान्तिको स्कुलले ब्यारेकमा बस्ने आर्मी नभई रणमैदानको सिपाही बनाउनेमा जोड दिएको उनको भनाइ छ । त्यस्तै नेपालको चौतर्फी परिवर्तनका लागि आवश्यक एकीकृत जनशक्ति तथा नेतृत्व निर्माणमा एकीकृत जनक्रान्तिको अहम भूमिका रहने बताए ।

त्यस्तै नेपालको जडसुत्रवादी ज्ञान-सिद्धान्त र विचारको कारण नेपाली क्रान्तिले पटकपटक हार व्यहोर्नुपरेकोले भन्दै उनलेे अब एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपाली क्रान्ति सफल पार्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टीले स्कुलिङ सन्चालन गरेको उल्लेख गरे । विशेष परिस्थितिको मध्यनजर गर्दै नेकपा पूर्व र पश्चिम नारायणी व्युरोले मनहरी-३, पालदमारमा पहिलो संयुक्त स्कुलिङ कार्यक्रम सन्चालन गरेको हो ।

साथै नेकपाका पिबिएम तथा पश्चिम नारायणी व्युरो इन्चार्ज एवम् कार्यक्रमका सभाअध्यक्ष एटम सीले लेनिनकाे शिक्षित बन, संगठित होउ र संघर्ष गर भन्ने दृष्टिकोण अनुसार स्कुलिङ सफल भएको बताए । जसबाट भूमण्डलीकृत पुँजिवादको विरुद्ध संघर्ष गरि विजय हासिल गर्दै नेपाली दलालको परास्त पश्चात् वैज्ञानिक समाजवादको स्थापना गर्न स्कुलिङले प्रेरित गरेको बताए ।


पौष २३ गते सोमबार भएको स्कुलिङ समापन कार्यक्रममा पश्चिम नारायणी व्युरोका तर्फबाट रुद्र सी र पूर्वी नारायणी व्युरोका तर्फबाट बिनोद सीले सिकाइ अनुभव तथा समिक्षात्मक रिपाेर्ट राखेका थिए भने केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका इन्चार्ज वाटर सीले व्यवस्थापकीय रिपोर्ट पेश गरेका थिए ।


पौष १८ गतेदेखि सुरु भएको ६ दिने स्कुलिङको समापन कार्यक्रमको सन्चालन पूर्वी नारायणी व्युरो इन्चार्ज रक्तिम सीले हरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।