१७ बैशाख २०८१, सोमबार

नेपाल कम्युनिस्ट पार्टी अछामद्वारा ३ वटा विद्यालयलाई खेलकुद सामग्री सहयोग

0

अछाम । नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लाका ३ वटा विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको छ ।

सोमबार १४ औं राष्ट्रपति रनिङ्ग शिल्डको अबसरमा कालिकेश्वरी माध्यमिक विद्यालय तुर्माखाँद ,विश्व ज्योति माध्यमिक विद्यालय जैसुर र कालिकेश्वरी माध्यमिक विद्यालय नाडालाई नेपाल कम्युनिस्ट पार्टी अछामले खेलकुद सामग्री सहयोग गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी अछामले ३ वटै विद्यालयलाई राष्ट्रिय झण्डा सहित फुटबल १ थान,भलिबल १ थान र नेट १ थान सहयोग गरेको केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा सेती ब्यूरो कार्यालय सचिव निरक सीले जानकारी दिएका छन ।

कार्यक्रममा जिल्ला जनसरकार अछामका प्रमुख विकास सीले ३ वटै विद्यालयका प्रधानाध्यापक,शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा राष्ट्रिय झण्डा र खेलकुद सामग्री हस्तान्तरण गरेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।