२ जेष्ठ २०८१, बुधबार

संकट निकासको बाटो नेपाली विशेषताको समाजवाद होः विवेक सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सीले नेपाली विशेषताको समाजवाद नै अहिलेको संकटको निकास हुने बताएका छन ।

नेकपा कालिकोटले जिल्लाको थ्रिपुमा सोमबार आयोजना गरेको ‘बर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ब्यूरो इन्चार्ज विवेकले नेपाली विशेषताको समाजवाद नै अहिलको संकटको निकास भएको बताएका हुन ।

उनले अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेको भन्दै त्यसलाई रोक्न लोकतान्त्रिक गणतन्त्रवादी,देशभक्त र बाम कम्युनिष्ट शक्ति एकजुट हुनुपर्ने बताए ।

उनले सबैको साझा कार्याक्रम नेपाली विशेषताको समाजवादलाई बनाएर आगाडि बढे नेपालले छिटो निकास पाउने पनि दाबी गरे ।
अन्तरक्रिया कार्यक्रममा नेकपा (माओवादी केन्द)्रका पलाँता गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बम,नेकपा एमालेका नेता लंक बम, शिक्षक लालप्रसाद न्यौपाने,पूर्व वडा अध्यक्ष निलविक्रम बम लगायतका बक्ताहरुले बोल्दै नेपालको राजनीतिक संकट समाधान सबै मिलेर गर्नुपर्ने सुझाव दिएका दिए ।

उनीहरुले विदेशी हस्तक्षेप बढेका बेला नेपालका राजनीतिक दलहरुले विभाजित हुन नहुने र स्वाधीनताको लडाईमा सबै एकजुट हुनुपर्ने बताए । उनीहरुले समाजवाद अहिलेको निकासको बाटो उत्तम विकल्प हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।