६ जेष्ठ २०८१, आईतवार

अग्रज छत्रबहादुरको जीवनी

0

नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य (अचअ mझदभच) इच्छुक सीका बुवा छत्रबहादुर थापामगरको विस २००२ साउत २२ गते जन्म भएको थियो ।

२०८० पुस २० गते घरमा नै लडेर घाईते भएका छत्रबहादुरको अस्पताल लग्दालग्दै बाटोमानै मृत्यू भयो । २१ गते पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गरियो । नेकपाका स्थायी समिति सदस्य अनिल सीले कम्युनिष्ट झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली कार्यक्रमको नेतृत्व गरे । कार्यक्रममा पार्टी नेताहरु माईला सी,भृकुटी सी,सितल सी लगायत दर्जनौं नेता– कार्यर्ता र आफन्तहरुको ठुलो उपस्थिति रहेको थियो ।

थापा २०४३ साल देखि २०४५ साल सम्म नाकेडाँडा नर्सरीको प्रमुख भएर रानी –सल्ला र धुपी –सल्लाको वृक्षारोपण गरेर मरुभूमिकरण भएको गाँउ बरपरको भूभागलाई हरियालीकरण गर्नु भएको थियो ।

२०४९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट गाविस उपाध्यक्षको उम्मेदवार बन्नु भएको थियो । कालिका भगवती प्राविको व्यवस्थापन समितिको सदस्य भएर शैक्षिक सेवा गर्नु भएको थियो ।

२०५९ सालदेखि नेकपा (माओवादी) प्रति आस्था राख्दै सहयोग गर्दै र हाल नेकपामा समर्थक रहनु भएको थियो । नेकपा भक्तपुरले उहाँको स्मृतिमा ५ दिने सी संस्कृति अनुसारका कार्यक्रमहरु गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।