५ जेष्ठ २०८१, शनिबार

पुस्तक लोकार्पण हुदै

0

काठमाडौं । कुशल बोगटीकृत दोस्रो कविता सङ्ग्रहको बुधबार काठमाडौं अनामनगर स्थित सम्बाद डबलीमा एक कार्यक्रमका बिच लोकार्पण हुने भएको छ ।

विहान ११ बजे हुने सो कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल सी प्रमुख अतिथि रहनेछन । कार्यक्रममा अन्य वक्ताहरुमा कवि तथा लेखक इश्वरचन्द्र ज्ञवाली,डा.मधुसुदन गिरी,साहित्यकार बन्दना ढकाल रहनेछन ।

अखिल नेपाल जनसांस्कृति महासंघका महासचिव समेत रहेका कविको कविता सङ्ग्रह विद्रोहको गीत’को लोकार्पण कार्यक्रमको आयोजना सङ्गठनले नै गर्ने जानकारी नेकपाका पिविएम तथा गीतकार माईला सीले दिएका छन । कार्यक्रममा उपस्थितका लागि आयोजक समितिले सबैसंग अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।