६ आश्विन २०८१, आईतवार

स्वाधीनता र समाजवादी आन्दोलनकाे घेराबन्दी ताेड्न स्कुलिङले वैचारिक हतियार तयार गर्नेछ : भरत सी

0

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग इन्चार्ज भरत सीले राष्ट्रिय स्वाधीनता र समाजवादी आन्दोलनकाे घेराबन्दी ताेड्न स्कृलिङले वैचारिक हतियार तयार गर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी पुर्वी ताम्सालिङ ब्युराेकाे काभ्रेको धुलिखेलमा कम्युनिस्ट स्कुलिङकाे उद्घाटन गर्दै उनलेे यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता भरतले एकीकृत जनक्रान्तिकाे नयाँ कम्युनिस्ट स्कुलिङले पुजीवादले पैदा गरेकाे समस्याको वैज्ञानिक समाधान दिने दाबी गरे ।
उनलेे भने,’याे नयाँ कम्युनिस्ट स्कुल यसलाई एकीकृत जनक्रान्तिकाे स्कुल भन्ने बुझ्नु पर्दछ ।

पुरानाे ज्ञान सिद्धान्तकाे जग र नयाँ ज्ञान सिद्धान्तकाे आलाेकमा समाजवादी क्रान्ति सफल गर्न सकिन्छ । यस स्कुलिङ कार्यक्रमले एकीकृत मानिस तयार गर्दछ । विचारमा विद्यार्थी, राजनीतिमा प्रश्न गर्न सक्ने, उत्तर दिन सक्ने र अग्रमाेर्चामा लाग्न संघर्षमा बलिदानी भावका साथ निरन्तर लागिरहने सिपाही बनाउनेछ ।’

त्यस्तै कार्यक्रममा पार्टीका पाेलिट ब्युराे सदस्य तथा स्कुलिङ विभाग प्रमुख भेषराज सीले स्कुलिङ कार्यक्रमकाे समय तालिका र पालना गर्नुपर्ने नियमहरुकाे जानकारी गराउदै गतिशील समाजमा नयाँनयाँ अन्तरविरोधहरुलाई पुरानो विधिद्वारा हल गर्न नसक्ने, एकीकृत जनक्रान्तिकाे स्कुलले सिद्धान्तमा थप विकास र नयाँनयाँ विधिको संश्लेषण गरेकाे र ती संश्लेषणहरुबारे एकरुपतामा बुझाई कायम गर्न स्कुलिङकाे मुख्य उदेश्य रहेकाे बताए ।
कार्यक्रमकाे अध्यक्षता ब्युराे इन्चार्ज विकल्प सीले गरेका थिए ।
स्कुलिङ उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य पाेलिट ब्युराे सदस्य कान्छाराम सी, केन्द्रीय सल्लाहकार समिति सदस्यहरु यादव सी र दिपक सीले कार्यक्रम सफलताकाे शुभकामना दिएका थिए ।


कार्यक्रमकाे शुरुमा केन्द्रीय स्कृलिङ विभागकाे टिमलाई ब्युराे पार्टीले फुल दिएर र ताली बजाएर स्वागत गरेकाे थियो ।
आजबाट शुरु भएकाे केन्द्रीय स्कुलिङ कार्यक्रम माघ १६ गतेसम्म चल्नेछ । कार्यक्रमकाे सन्चालन केन्द्रीय सदस्य तथा दाेलखा जिल्ला इन्चार्ज अर्जुन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।