६ आश्विन २०८१, आईतवार

ग्रीनभ्याली सहकारीको ज्यादती विरुद्ध नेकपाको विरोध प्रदर्शन

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले ग्रीनभ्याली सहकारीको ज्यादती विरुद्ध विरोध प्रदर्शन गरेको छ । बिहीबार नेकपा काठमाडौं जिल्ला नम्बर ३ ले ग्रीनभ्याली सहकारीको ज्यादती विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

काठमाडौंको बल्खुचोकस्थित सहकारीको कार्यालयमा पुगेर नेकपा ३ नम्बर जिल्लाका नेता तथा कार्यकतासहित सहकारी पीडितले घेराउ गरेका हुन् । कार्यालय घेराउपछि आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य ज्ञानु सीले नेपालमा घटेका घटनामध्ये केहि घटना सहकारी सँस्थाको कारण घटेको बताइन् ।

उनले नेपाली जनतालाई ऋण दिएर घरबारबिहिन बनाउने, ज्यान लिएको भन्दै जनतामाथिको ज्यादती अन्त्य गर्न चेतावनी दिइन् । उक्त विरोध प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य बिपिन सी लगायत उपत्यका अन्तरगतका जिल्ला सचिवहरुको उपस्थिति रहेको थियो । उक्त विरोध प्रदर्शनको काठमाडौं जिल्ला नम्बर ३ का इन्चार्ज डिआर सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।