९ माघ २०८१, बुधबार

पीडित विरुद्ध बाजुरा अदालतले दिएको आदेशप्रति श्रमिक मोर्चाको गम्भीर ध्यानाकर्षण

0

काठमाडौं । श्रमिक समूदाय मोर्चा नेपाल सेति ब्यूरोले वाजुराकी गर्भवती महिला सुशीला सुनारमाथि बलात्कारको प्रयास गर्ने जगसिंह बुढाले दायर गरेको मुद्धामा पीडित महिलाका श्रीमान सहित ४ जना उल्टै पुर्पक्षका लागि जेल चलान गर्ने अदालतको फैसलाप्रति गम्भीर ध्यानकर्ष भएको जनाएको छ ।

श्रमिक समुदाय मोर्चा नेपाल सेति ब्युरोका संयोजक बिनु सीले सुक्रवार एक प्रेश विज्ञप्तिा जारी गरी अदालतको फैसलाले उल्टै पीडित माथि अन्याय भएको भन्दै संगठनको गम्भीर ध्यानाकर्षण भएको ठहर गरेका हुन ।

मोर्चाले गत पुस १० गते जिल्लाको हिमाली गाउँपालिका ३ युना गाउँमा गर्भवती महिला सुनारमाथि जंगसिंह बुढाले उनकै घरमा जर्वजस्ती बलात्कारको प्रयास गरेको र घटना उनका श्रीमान रुपचन्द सुनारले देखेपछि बुढामाथि सामान्य कुटपिट भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

मोर्चाले बलात्कार मुद्धाबाट जोगिन अलि बाठो बनेर जंगसिंह बुढाले सामान्य कुटपिट भएको विषयलाई ज्यान मार्ने उद्योगको मुद्धा बनाएर उल्टै पीडित महिलाका श्रीमान रुपचन्द सुनार, देवर अमर सुनार,नाबालकहरु देवराज सुनार र विनोद सुनार विरुद्ध दर्ता गराएको उल्लेख गरेको छ ।
मोर्चाले ज्यान मार्ने उद्योगको मुद्धाका बारे सुक्रवार सुनुवाई गर्दै चारैै जनालाई बाजुरा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको भन्दै आपत्ति जनाएको छ । धेरै दवाव पछि प्रहरीले बलात्कारको आरोप लागेका जंगसिंह बुढालाई पनि पक्राउ गरेको छ ।

मोर्चाले विज्ञप्तिमा भनेको छ ‘पीडित पक्ष र प्रत्यक्षदर्शीका अनुसार निज बलात्कार आरोपी जंगसिंह बुढालाई आफ्नो घरमा श्रीमती सङ्ग फेला पारेपछि श्रीमानले आक्रमण गरेका थिए । आफूलाई बलात्कार मुद्दा लाग्ने थाहा पाएपछि निज जंगसिंह बुढा तत्काल सदरमुकाम गएर पहिला नै महिलाको श्रीमान लगायतका ४ जना विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका थिए ।’

मोर्चाले विज्ञप्ति मार्फत घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई सजाय र पीडितलाई न्याय प्रदान गर्न नेपाल सरकार, स्थानीय प्रशासन र न्यायलयलाई हार्दिक अपिल गरेको छ ।

विज्ञिप्तको पूर्णपाठ

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।