६ आश्विन २०८१, आईतवार

श्रमिक समुदायको मुक्ति समाजवादबाट मात्र हुन्छः सन्तोसी सी

0

काठमाडौंं । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय विभागीय प्रमुख सन्तोसी सीले श्रमिक समुदायको मुक्ति नेपाली विशेषताको समाजवादबाट मात्र हुने बताएकी छन ।

नेपाल कम्यृुनिष्ट पार्टी जाजरकोटले विहिवार खलंगामा ‘परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व’ विषय आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा वताएकी हुन ।

पार्टीको सल्लाहकार समिति सदस्य समेत रहेकी सन्तोसीले समाजमा अहिले पनि जातीय विभेदमा कमी नभएको र राज्यले विभेदलाई नियन्त्रण गर्ने प्रयास नगरेको बताईन ।

उनले सोती घटना देखि देशका विभिन्न ठाउँमा अहिले पनि श्रमिक समुदाय माथि कुरुर मानबता विरोधी अपराधहरु भएको बताईन ।

उनले अन्तर जातीय विवाह गरेकै कारण धेरै युवा युवतीहरु गाँउबाट विस्तापित हुने देखि अकालमा परिवारका सदस्यहरुको तनावले आत्महत्या गर्नु पर्ने अवस्थाको सृजना हुने गरेको बताईन ।

उनले यस्ता तमाम समस्याहरुको नियन्त्रण राज्य बलियो भएपछि मात्र हुने दाबी गरिइन । उनले भनिन ‘राज्य दलाल छ,यो नेपाली जनताको हितमा छैन,यसले दलालवर्गको सेवा गरेको छ, जसले गर्दा श्रमिक समुदायमाथि ठुलो उत्पीडन छ,यसलाई रोक्न समाजवादी व्यवस्था अनिर्वाय चाहिन्छ ।’

उनले समाजबाद प्राप्तिको आन्दोलनमा सबै समुदायहरुले नलागे सम्म श्रमि समुदाय मात्र होइन श्रमजीवी वर्ग कसैको पनि मुक्ति नहुने ठोकुवा गरिन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।