६ आश्विन २०८१, आईतवार

युवा सङ्गठन नेपालका मध्य कर्णाली ब्युरो इन्चार्जद्धारा विरामीको उद्धार

0

कालिकोट । युवा सङ्गठन नेपालका मध्यकर्णाली ब्युरो इन्चार्ज मिनेश सीेले उपचार गर्न बाटोमा बोकेर ल्याउदै गरेका एक विरामीको उद्धार गरेका छन ।

विहिवार जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर २ खर्कोटका विरामी सुकिले कठायतको भात्तडीबाट शान्तिघाट सम्म पिठ्युमा बोकेर उद्धार गरेका हुन । गाउँमा गाडी पुग्न अझै नसकेकाले विरामीको पिठ्युमा बोकेर अस्पतालसम्म लिनुपर्ने बाध्यता छ ।

ज्वरोले सिकिस्त विरामी परेका कठायतलाई उपचारका लागि उनका आफन्तले सुर्खेततिर ल्याउदै गरेका थिए । बाटोमा विरामी बोकीरेहको र कठिन भईरहेको अवस्था देखेपछि त्यहिबाट आउदै गरेका युवा मिनेशले विरामीलाई आफै पिठ्युमा बोकेर सहयोग गरेका हुन ।

विरामीको साथमा रहेका आफन्त तथा वडा सदस्य विष्णु कठायत साथमा रहेका थिए । उनले विरामीको लागि सहयोग गरेकोमा युवा सङ्गठनका नेता मिनेशलाई धन्यवाद दिएका छन ।

उनले एक्लै विरामी बोकेर ल्याउदै गरेका थिए । वडा सदस्य विष्णुले पैसा हुने र पावर हुनेहरुको लागि जे पनि हुने व्यवस्था भएको गुनासो गर्दै सिधा सोझा गरिव जनतालाई कसैले पनि सहयोग नगर्ने अवस्था आएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।