६ आश्विन २०८१, आईतवार

अन्तर्राष्ट्रिय तहमा पार्टीको संगठन सुदृढ तथा विस्तार गर्ने नेकपाको निर्णय

0

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रिय तहमा पार्टीको संगठनलाई सुदृढ तथा विस्तार गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको विहिवार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज प्रकाण्ड सीको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय तहका क्रान्तिकारी कम्युनिष्ट भाईचाराहरुसंगको सम्वन्ध पनि प्रगाड बनाउने निर्णय गरेको छ ।

बैठकको सुरुमै अन्तर्राष्ट्रिय विभाग इन्चार्ज प्रकाण्ड सीले सम्बोधन गर्दै विश्वभरी छरिएर रहेका कम्युनिस्ट पार्टी, कम्युनिष्ट आन्दोलनको अवस्था र नेकपाका संगठनहरूले गर्नु पर्ने कामहरुकाबारे सहभागीहरुलाई बोध गराएका थिए ।

विश्वभरी कम्युनिष्ट विरुद्ध आईरहेको साम्राज्यवादी हस्तक्षेप रोक्न विश्वभरीका कम्युनिष्टहरुको एकता अनिवार्य भएको इन्चार्ज प्रकाण्डले बताए ।
उनले साम्राज्यवादले कुनै पनि कम्युनिष्ट आन्दोलन र पार्टीलाई नछोड्ने भन्दै साम्राज्यवाद विरोधी अभियान विश्वभरी फैलाउने र विश्वभरीका कम्युनिष्ट क्रान्तिकारी एकतावद्ध हुने संगठन आवश्यक भएको र बैठकले त्यो पुरा गर्ने विश्वास व्यक्त गरे ।

बैठकले पार्टीका संगठनहरुले कुटनीतिक नियोगसंगको सहकार्य मार्फत पार्टीको विचार पुर्याउने,विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्ने, नेपाली विशेषताको समाजवादका बारे र पार्टीको विचारबारे भाईचारासंग छलफल तथा अन्तरक्रिया गर्ने, आन्तरिक संगठन सृदृढ तथा विस्तार गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाल सरकारको परराष्ट्र नीतिसंग सम्वन्धित रहेर सरकारवालाहरुसंग अन्तरक्रिया चलाउने छ । बैठकमा अन्तर्राष्ट्रिय विभागका सदस्य आमूल सी, नरेन्द्र सी, संकर सी लगायतका अन्तर्राष्ट्रिय विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकको अध्यक्षता नेकपाका स्थायी समिति सदस्य एवम प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज प्रकाण्ड सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।