
नेकपा स्थायी समिति सदस्य तथा केन्द्रिय स्कुलिङ्ग विभाग इन्चार्ज भरत सी ‘रणवीर’ ले समाजवादमा उत्पादन अपरिहार्य भएकोले समाजवादी राज्यव्यवस्थामा आत्मनिर्भर हुने बताएका छन् । उनले आजकाे विश्व पुजीवादमा अनुत्पादक र दलाल चरित्र भएकोले समस्या बनेको बताउँदै उनलेे नेकपाले ज्ञान र वस्तु दुईटै उत्पादनमा जोड दिएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्यूरोको आयोजनामा बिहीबार बाँकेको नेपालगन्जस्थित उद्योग वाणिज्य संघको हलमा “उत्पादन र समाजवाद” विषयक अन्तरक्रिया कार्यक्रममा उनलेे यस्तो बताएका हुन् ।
समाजवादी राज्य व्यवस्थामा आत्मनिर्भर र अन्तरनिर्भर अर्थव्यवस्था लागू हुने समेत उनलेे बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नेता रणवीरले यदि शान्ति ल्याउने हो भने समाजवाद ल्याउनु पर्ने र समाजवादमा जाने हो भने उत्पादन अपरिहार्य भएको ठोकुवा गरे । गृहयुद्ध राष्ट्रिय युद्धमा विकास हुँदै थियो त्यो क्रम नमिल्दा जनयुद्ध पूर्ण हुन नसकेको समेत बताए ।
ब्यूरो इन्चार्ज तथा नेकपाका केन्द्रिय सदस्य संगम सीको अध्यक्षतामा भएको कार्यक्रममा अन्य अतिथिहरु नेकपा पोलिट ब्यूरो सदस्य आस्था सी, पोलिट ब्यूरो सदस्य तथा अ.ने.म. संघ क्रान्तिकारीका केन्द्रिय अध्यक्ष बन्धु सी, नेकपा केन्द्रिय सदस्य सिङ्गम सी, प्रवास ब्यूरो सदस्य तथा जिल्ला सेक्रेटरी महेन्द्र सी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य दीपक शाही, नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य तारा खत्री, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला संयोजक मेघराज सुनार, रास्वपाका उपमहानगर प्रशिक्षण विभाग इन्चार्ज पवन गौतम, बाँके जिल्ला शिक्षा अधिकारी सुरेश यादव, अडिट एसोसिएसनका अध्यक्ष भुवन प्रसाद गैरे र नेपालगन्जका पुराना कम्युनिस्ट भुपेन्द्र प्रकाश शर्मालगायतकाे उपस्थिति थियो । नेकपाले तयार पारेको ‘उत्पादन र समाजवाद’ विषयक कार्यपत्रलाई कार्यक्रमका अतिथि आस्था सीले प्रस्तुत गरेपछि वक्ता भुवन गैरेलेकम्युनिस्ट पार्टीमा लागेका र परिवर्तनको आफ्नो सर्वस्व त्याग्न सक्ने मान्छे तर सत्ताको सानो स्वार्थ पाउने बित्तिकै किन भ्रस्टाचारमा लिप्त भएर सिद्दिन्छन्? भन्ने यसको हल दार्शनिक रुपमै खोज्नुपर्ने बताए ।
हामीले उत्पादन गर्ने वस्तुको लागतभन्दा आयात वस्तु सस्तो पर्न जान्छ भने के गर्ने ? यतापनि अलि बहस गर्ने की?भनेर उनलेे प्रश्न गरे । पाका कम्युनिस्ट भुपेन्द्र प्रसाद शर्माले वर्तमान सत्तासिन कम्युनिस्टलाई व्यंग्य गर्दै ‘तिमीलाई किन चाहियो राष्ट्रवाद’ शीर्षकको कविता वाचन गरेर हललाई उद्देलित पारे । त्यस्तै सहभागी वक्ताहरुले नेकपाले यो अन्तरक्रियाको माध्यमबाट विचारधारात्मक राजनैतिक मन्थन गराएकोमा धन्यवाद र खुशी व्यक्त गरे ।
नेकपा केन्द्रिय सदस्य एवम् बर्दिया इन्चार्ज हिमशिखर सीले संचालन गरेको कार्यक्रममा अर्का केन्द्रिय सदस्य नारायण सीले स्वागत गरेका थिए ।