३ जेष्ठ २०८१, बिहीबार

समाजवाद स्थापना गर्ने एकीकृत शक्ति स्कुलिङ्गले बनाउनेछः भरत सी

0

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सी (रणवीर)ले नेपाली विशेषताको समाजवाद स्थापना गर्ने एकीकृत शक्ति स्कुलिङ्गले निमार्ण गर्ने विश्वास व्यक्त गरेका छन ।

नारायणी ब्यूरोको मकवानपुरको बस्तीपुरमा एक हप्तादेखि संयुक्त रुपमा संचालित स्कुलिङ्ग कार्यक्रमको समापन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सोमबार सम्बोधन गर्दै स्थायी समिति सदस्य भरत सीले यस्तो विश्वास व्यक्त गरेका हुन ।

नेकपाको स्कुलिङ्ग विभागका इन्चार्ज समेत रहेका नेता भरतले अहिलेको संकट साम्राज्यवादी हस्तक्षेप र दलाल पुँजीवादका कारण आएको बताए ।


उनले देशको अग्रगामी निकासका लािग नेपाली विशेषताको समाजवाद मात्र उत्तम विकल्प भएको बताए । स्कुलिङ्ग विभागका इन्चार्ज भरतले एकीकृत जनक्रान्तिको स्कुल एकीकृत मानव उत्पादन गर्ने सकरात्मक योगदान गर्दै सम्पन्न भएको दाबी गरे ।

उनले विचारमा असल विद्यार्थी,राजनीतिमा कुशल नेता,व्यवहारमा सक्षम सिपाही नै एकीकृत मानव भएको पनि बताए ।

समापन कार्यक्रममा प्रशिक्षार्थी रुद्र सी, विनोद सी र वाटर सीले प्रतिक्रिया दिदै स्कुलिङ्ग अत्यन्तै फलदायी र राम्रो भएको बताए । स्कुलिङ्गमा दर्शन,अर्थशास्त्र,बैज्ञानिक समाजवाद,एकीकृत जनक्रान्ति लगायतका विविध विषयमा विषयगत तथा विद्यागत ज्ञान दिएको थियो ।

स्कुल विभागका इन्चार्ज भरत सी, प्रमुख भेषराज सी, पिविएम सन्देश सी, ध्रुब सी, असल सी, प्रयास सीले स्कुलिङ्गको सहजिकरण गरेका थिए । स्कुलिङ्ग समापन कार्यक्रमको अध्यक्षता पश्चिम नारायणी व्यूरो इन्चार्ज एटम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।