६ आश्विन २०८१, आईतवार

वास्तविक संकटको निकास नेपाली विशेषताको समाजवाद होः विराट सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले अहिलेको संकटको बास्तविक निकास नेपाली विशेषताको समाजबाद भएको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले रास्कोटमा बुधवार आयोजना गरेको ‘साम्राज्यवादी हस्तक्षेप र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य विराटले नेपाली विशेषताको समाजवाद नै अहिलको वास्तविक संकटको निकास हुने बताएका हुन ।

उनले अमेरिकी साम्राज्यवादको हस्तक्षेप नेपालमा बढदै गएको र त्यसका विरुद्ध प्रतिरोध गर्नु पर्ने बताए ।
उनले भने ‘२००६ मा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले पटक पटक असफलता बेहोर्दै आएको छ, यथास्थितिबादी तथा साम्राज्यवादी एजेन्ट र प्रतिगामीहरु अहिले फेरी सलबलाईरहेका छन । यो बेला देशको संकटको बास्तबिक निकासको बिकल्प भनेको नेपाली बिशेषताको समाजबाद हो ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्यूरो इन्चार्ज विवेक सीले सबै कम्युनिस्ट पार्टीको रणनैतिक लक्ष्य समाजबाद भएको हुदा सबै कम्युनिष्टहरू एक हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपाका पूर्वी कालिकोट जिल्ला सेक्रेटरी साहसी सीले बोल्दै समाजवादका लागि सबै एकठाउँ आउनु पर्ने बताए । उनले नेपाली विशेषताको समाजवादका लागि सबैले नेकपालाई एकपटक साथ दिन अपिल गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमलबिक्रम शाहीले अमेरिकी साम्राज्यवाद अहिले बिश्वमा नाङ्गो ढंगबाट आएको बताए । उनले नेपालमा कम्युनिष्ट जनमतलाई सखाप पार्ने उद्देश्यले साम्राज्यबाद आएकाले नेपालका सम्पूर्ण कम्युनिस्टरू एक भएर नेपालबाट साम्राज्यवादलाई लखेट्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओादी केन्द्र )का प्रदेश कमिटी सदस्य हजा सुनारले इमान्नदार माओबादीहरु एक हुने समय आएको बताईन ।
उनले माओबादीले जनयुद्धबाट ल्याएको परिवर्तनको उपलब्धिको रक्षा विप्लव बाहेक अरू कसैले पनि गर्न नसक्ने दाबी गरिन् ।

कार्यक्रममा नेकपा एमालेका रास्कोट नगर कमिटी सचिव कमलराज वरालले नेपालमा कम्युनिष्ट जनमत र कम्युनिस्ट नामको सरकार छ तर बास्तबिक श्रमिकहरूले श्रम गर्न पाएका छैनन् भने ।

उनले सयौंको संख्यामा नेपाली युवाहरू बिदेशीनु पर्ने अबस्था आएको भन्दै गाउँमा बस्ने युवाहरू जाँड, रक्सी, जुवा तासमा डुबेर समाज विकृत भएको बताए ।


उनले कम्युनिष्टहरु सबैको उद्देश्य समाजबाद भएको बताउदै सबै कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताए ।

नेकपा (एकीकृत समाजबादी)का युवा संघ नेपाल कालिकोट जिल्लाका संयोजक महेन्द्र शाहीले देश संकटको भुमरीमा फस्दै गइरहेको बेला सबै देशभक्त युवाहरू राष्ट्रिय स्वाधीनता र नेपाली बिशेषताको समाजबादका लागि एक हुनुपर्ने बताए ।

कार्यक्रममा शिक्षक बेदप्रसाद वरालले नेकपाले मध्यम बर्ग पनि श्रमिक बर्ग भएको भन्दै आएकोले श्रम र क्षमता अनुसारको दाम समाजबादी व्यवस्थामा हुने विश्वास व्यक्त गरे । उनले समाजवादका लागि प्रगतिशील शिक्षकहरुले समाजवादी क्रान्ति लाई सात दिनुपर्ने बताए ।

कार्यक्रममा शिक्षक,वुद्धिजीवी, व्यापारी,विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको उल्लेखिय सहभागिता रहेको थियो । 
नेकपाका नगर कमिटी इन्चार्ज समग्र सीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन नगर कमिटी सचिव निर्देशन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।