२१ बैशाख २०८१, शुक्रबार

विद्यार्थीहरु दलाल पुजीवादविरुद्ध विस्फोट हुनुपर्छ : शिलु सी

0

नेकपा स्थायी समिति सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्र्याक्सन इन्चार्ज शिलु सीले अमेरिकी साम्राज्यवादकाे हस्तक्षेप र दलाल पुजीवादविरुद्ध विद्यार्थीहरु विस्फोट हुनुपर्ने बताएकी छन् ।
आज धरान, हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पसमा भएको पूर्वी कमाण्ड स्तरीय बैठकलाई सम्बाेधन गर्दै साे निर्देशन दिएकी हुन् ।


कमाण्ड नेता कपिल सीकाे अध्यक्षतामा भएको बैठकमा पार्टी नेता दिपेश सी, युवा नेता पाटन सी, डिबी सी, परिता सीलगायतको उपस्थिति थियो ।
काठमाडौंमा हुन गइरहेको २३ औ राष्ट्रिय सम्मेलनमा तयारी केन्द्रीत उक्त बैठकले ४ ब्युरोका २३ जिल्लामा अभियानकै रूपमा सम्मेलन, भेला, प्रचार र प्रतिनिधि पर्यवेक्षक छनाैट गर्ने निर्णय गरेको विद्यार्थी नेता ललित बमद्वारा प्रेषित समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।