उमा सी ‘शिलु’
भूमिका
हरेक समाजमा हरेक दिन, क्षण–क्षणमा सामाजिक परिवर्तनहरू भइरहेका हुन्छन् । बेला–बेलामा क्रान्तिहरू हुन्छन् । सङ्घर्ष हुन्छन् । यस्ता सामाजिक घटनाहरू किन, के कारणले घट्छन् ? यसको कारण कुनै ईश्वरीय शक्ति हो ? कुनै भौतिक वा खगोलीय परिवर्तनको कारण हो ? अथवा कसैको सनकको कारण हो त ? माक्र्सवादले उत्पादन र विनिमय प्र्रणालीमा हुने परिवर्तन नै त्यसको कारण मान्दछ । त्यसो भएका हुनाले भौतिक विज्ञान वा दर्शनमा नभएर अर्थव्यवस्थामा नै सामाजिक परिवर्तनको कारण खोज्नुपर्छ । फ्रेडरिक एङ्गेल्सले पुँजी कृतिको खण्ड १ मा भन्नु भएको छ “सबै सामाजिक परिवर्तनहरू र राजनीतिक क्रान्तिहरूका अन्तिम कारण मानिसको मष्तिस्कमा होइन, बरु उत्पादन र विनिमय–प्रणालीमा हुने परिवर्तनहरूमा निहित हुन्छन् । तिनीहरूको खोज प्रत्येक युगको दर्शनमा होइन, बरु अर्थव्यवस्थामा गर्नुपर्दछ ।” राजनीतिक अर्थशास्त्रले क्रान्तिको कारण, क्रान्ति हुने अवस्था, वर्गहरूको स्थिति, सत्ताको चरित्रजस्ता सामाजिक स्थितिको अध्ययन गर्दछ । मानिसको दैनिक जीवनयापन, सत्ताको चरित्र, त्यसले निर्माण गर्ने मनोविज्ञान र आपसी सम्बन्धको अध्ययन अर्थशास्त्रमा गरिन्छ । यसरी विभिन्न सामाजिक पक्षहरूको अध्ययन गरिने हुनाले समाज विकासको प्रकृति र दिशा बुझ्न तथा नीतिहरू बनाउन अर्थ–राजनीतिक अध्ययन अनिवार्य छ ।
दास र सामन्ती अर्थ–व्यवस्था
दास युगमा उत्पादनको मुख्य साधन प्राकृतिक स्रोत (मुख्यतः जमिन) पशु–धन थिए । समाज दास र दास मालिक दुई वर्गमा विभाजित थियो । दासहरू स्वयं दास मालिकका सम्पत्ति हुन्थे । तिनीहरू पशु–धन जसरी खरिद–बिक्री हुन्थे । उनीहरू नागरिक मानिँदैन थिए । कन्फ्यूसियसदेखि प्लेटो हुँदै सबै प्राचीन दर्शनले उनीहरूलाई तल्लो स्तरमा राखेको थियो । उत्पादन दासहरूले गर्थे । तर वितरण अन्यायपूर्ण थियो । मुट्ठीभर दास मालिकले त्यसको वितरण गर्थे । उत्पादक शक्तिको विकासको प्रतिकूल उत्पादन सम्बन्ध थियो । त्यसकारण दासहरूले विद्रोह गरे । जसको फलस्वरुप ः दासहरूलाई जमिनको टुक्रा दिइयो । उनीहरूलाई खरिद–बिक्री बन्द गरियो । तर उत्पादनको अधिकांश भाग जमिनदार वा राजा–महाराजालाई दिनुपथ्र्यो । दास मालिकको स्थानमा भू–दास मालिक बन्ने अवस्था बन्यो । अन्यायपूर्ण वितरण प्रणाली रोकिएन । सामन्ती समाजमा पनि शोषण रोकिएन ।
सामन्ती समाजमा किसान वा भू–दासहरूसँग जमिनको टुक्रा हुन्थ्यो । आफ्नो परिवार र घर हुन्थ्यो । उनीहरू जमिन्दार फेर्न, बसाई सर्न सामान्यतः स्वतन्त्र थिए । तर उत्पादन र विनिमय प्रणाली उत्पादक शक्तिको विकासको अनुकुल थिए । यद्यपि यो युग दास युगभन्दा प्रगतिशील थियो । त्यसकारण जमिनदार र दरबारको आवश्यकताको पूर्ति गर्न कुटिर उद्योग, कला आदिको विकास भयो । धर्मका विभिन्न पन्थहरू अस्तित्वमा आए । धर्म राजा–महाराजाको सत्ता जोगाउने, त्यसलाई नैतिक ठह¥याउने आधार बन्यो । त्यही प्रयोजनार्थ लैङ्गिक विभेद, जातीय विभेद, क्षेत्रीय विभेद, रङ्भेद अस्तित्वमा आए । उत्पादन गर्ने किसान वा जनता र प्रयोगमा एकाधिकार जमिनदारको थियो । अथवा उत्पादन सम्बन्ध उत्पादक शक्तिको विकासको बाधक थियो । सामन्ती समाजको गर्भमा नयाँ वर्ग– पुँजीपति वर्गको जन्म भइरहेको थियो । उत्पादक शक्तिको विकासको बाधक भएको कारण सामन्ती समाज भित्रभित्रै जिर्ण हुँदैगयो र त्यसको गर्भमा पुँजीपति वर्गको जन्म भयो । पुँजीपति वर्गले सर्वहारा वर्गसँग मिलेर सामान्तवाद ढाल्यो । फ्रान्समा जिन ज्याक रुसोजस्ता चिन्तकहरू जन्मिए । राजतन्त्रहरू ढल्दै गए वा पुँजीवाद समक्ष आत्मसमर्पण गर्दै जानथाले ।
पुँजीवादी अर्थ–व्यवस्था
पुँजीवादले सामान्तवादका विरुद्धको सङ्घर्षको क्रममा सामन्तवादको तुलनामा प्रगतिशील नारा दिएको थियो । उसले “समानता, सहअस्तित्व र भातृत्व” नारा दियो । पुँजीवादको विकासको लागि वयस्क पुरुषको श्रम–शक्ति मात्र पर्याप्त थिएन । त्यसैले उसले महिलालाई घरेलु कामबाट बाहिर निकालेर कारखानासम्म पु¥यायो । नाबालक तथा नाबालिकाहरूलाई श्रममा धकेल्यो । त्यस कार्यलाई सबल बनाउन नारी अधिकारको विषयलाई प्रोत्साहित गर्न थाल्यो । अर्कोतिर प्रविधिमा जति श्रेष्ठता कायम ग¥यो, त्यति नै बढी नाफा कमाउन सकिने भएको कारण प्रविधिमा विशेष जोड दियो । प्रविधिसँग खेल्न दक्ष श्रम–शक्तिको आवश्यकता हुन्थ्यो । त्यसकारण पुँजीवादले शिक्षा र तालिममा लगानी ग¥यो । त्यसलाई प्रोत्साहित ग¥यो । सामान्तवाद त्यसको बाधक थियो । पुँजीवादको कारण उत्पादक शक्तिको विकास भएर गयो । आम–सामाजिक चेतना उठेर गयो ।
अठारौँ शताब्दीको युरोपको औद्योगिक क्रान्ति र त्यसअघि आविष्कार गरिएको वाष्प इन्जिनको कारण प्रचुर मात्रामा उत्पादन हुनथाल्यो । औद्योगिक देशहरूको लागि बजार र श्रमिकहरू दुवैको अभाव भयो । उक्त समस्या समाधानको खोजिको क्रममा आजको अमेरिका पत्तालाग्यो । त्यसैगरी युरोपेलीहरू भारत र चीनसम्म पुगे । नयाँ बजार पत्तालाग्यो । पुँजीवादी देशहरूका बिचमा बजार कब्जा गर्ने होडबाजी चल्न थाल्यो । त्यसक्रममा बाहिरको पुँजीपति र घरेलु पुँजीपति वर्गबिच वैमनस्यता पैदा भयो । त्यही क्रममा राष्ट्रवादी भावना पैदा भएर गयो । आत्मनिर्णयको अधिकारको माग हुनथाल्यो । कार्ल माक्र्सले अमेरिकाका काला जाति र आयरिसहरूको स्वतन्त्रताको आन्दोलनलाई समर्थन गर्नुभयो । विश्वमा उपनिवेश र त्यस विरुद्ध विद्रोह सुरुभयो । आर्थिक विकास युरोपमा केन्द्रित भएको कारण सबैभन्दा धेरै युद्ध, तनाव र जनधनको क्षति पनि युरोपमा नै भयो ।
पुँजीवादले र्अशास्त्रमा उत्पादन, विनिमय, बजार र वस्तुको अध्ययन गर्दछ । तर माक्र्सवादले वस्तुहरूबिचको आपसी सम्बन्धको मात्र अध्ययन गर्दैन । यसले वस्तुहरूबिचको आपसी सम्बन्ध, त्यसले मानिसहरूबिचमा पार्ने प्रभाव र वर्गहरूबिचका सम्बन्धहरूको समग्रमा अध्ययन गर्दछ । सो सम्बन्धमा एङ्गेल्स भन्नुहुन्छ, “माक्र्सवादी अर्थशास्त्रले केवल वस्तुहरूका बिचको आपसी सम्बन्ध मात्र होइन, मानिसहरूबिचका सम्बन्धहरू र अन्ततः वर्गहरूबिचका सम्बन्धको पनि अध्ययन गर्दछ । समाज र अर्थतन्त्रको अर्थात् उत्पादन र विनिमयमा राजनीतिक भूमिका र त्यसको प्रभावको समग्र अध्ययन अर्थ–राजनीतिमा गरिन्छ । पुँजीवाद जन्मको समयको बाचाबाट पतन भएको छ र यो साम्राज्यवादमा पतन भएको छ । शोषणको रुप परिवर्तन भएको छ तर शोषण यथावत छ । सामान्तवादले धर्मको आडमा शोषणलाई नैतिक ठह¥याउँथ्यो । पुँजीवादले हाक्काहाक्की डकैती गर्छ । माक्र्स र एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्रमा पुँजीवादी शोषणको सन्दर्भमा भन्नुभएको छ, “संक्षेपमा धार्मिक र राजनीतिक इन्द्रजालले ढाकिएको शोषणको ठाउँमा यसले (पुँजीवादले) नग्न, निर्लज्ज, प्रत्यक्ष र पाशविक शोषण खडा ग¥यो ।”
सामान्तवादले साहित्य कला र संस्कृतिको क्षेत्रमा तथा मानवीयताको प्रश्नमा केही आदर्शहरू स्थापित गरेको थियो । तर पुँजीवादको एकमात्र आदर्श र सत्य तथा नैतिकता ‘नाफा’ भयो । जे उपभोग्य छ, त्यो नैतिक छ भन्ने वाक्य उसको आदर्श भयो । नाफाको लागि मान्छेको व्यापार, युद्ध र प्रकृतिको विनाश भइरहेको छ । पुँजीको अगाडि नेपोलियनको तरवारसमेत निरीह भयो । त्यसैले वैज्ञानिक अल्बर्ट आइन्सटाइन (१८७९–१९५५, जर्मन) ले “पुँजीवादको सबैभन्दा ठुलो खराबी के हो भने त्यसले व्यक्तिलाई मानसिक रुपले अक्षम र अपाङ्ग बनाइदिन्छ” भनेका थिए । नीजि सम्पत्ति सम्बन्धको रक्षा र वैयक्तिक स्वतन्त्रता पुँजीवादको आदर्श हो । युवाल नोआ हरारी भन्छन् “व्यक्तिले जति धेरै स्वतन्त्रताको उपभोग गर्दछ, संसार त्यति नै धेरै सुन्दर, समृद्ध र अर्थपूर्र्ण बन्दछ ।” त्यसैगरी पुँजीवादी लोकतन्त्रका नायक जिन ज्याक रुसोले ‘एमिली’ मा भनेका छन्् “मेरो हृदयको गहिराईमा प्रकृतिले लेखेको कुरा कसैले मेट्न सक्दैन । म के गर्न चाहन्छु ? म जे राम्रो ठान्छु, जे म गलत ठान्छु, त्यो बुझ्न म अरुसँग होइन आफैसँग परामर्श गर्छु ।” पुँजीवादका यी आदर्श झुठको पोको मात्र भएको छ । समाज र समूहको त प्रश्नै भएन, पुँजीवादमा पुँजीको व्यक्तित्व रहन्छ । पुँजीले सबैथोकको निर्णय गर्दछ । तर व्यक्तिको न व्यक्तित्व रहन्छ न त व्यक्ति स्वतन्त्र नै छ । त्यसैले कार्ल माक्र्सले पुँजी कृतिमा “पुँजीवादी समाजमा पुँजी स्वतन्त्र र व्यक्तित्वगत हुन्छ, जबकि मान्छे त्यसमा आश्रित हुन्छ र उसको कुनै प्रकारको वैयक्तिकता हुँदैन” भन्नुभएको छ । त्यसकारण पुँजीवादमा व्यक्तिगत स्वतन्त्रता भनेको पुँजीवादीको स्वतन्त्रता हो । सामन्तवादको तुलनामा पुँजीवादले विज्ञान र प्रविधिमा अतुलनीय प्रगति ग¥यो । उत्पादक शक्तिको विकास ग¥यो र प्रचुर मात्रामा उत्पादन ग¥यो । तर ती सबै कसको लागि र किन ? बहुमत मान्छे पीडा, उत्पीडन, अशान्तिमा बस्नुपर्ने र धरती नै मानव बस्न अनुपयुक्त हुँदै जाने कार्य कसको हितमा छ त ? यो विषयमा फरक–फरक सोचाईहरू छन् । जापानी मूलका अमेरिकी नागरिक फ्रान्सिस योशिहिरो फुकुयामा भन्छन्, “आज विश्व समाजले सामना गरिरहेको सामाजिक, आर्थिक र पर्यावरणीय सङ्कटलाई सम्बोधन गर्न उदारवाद असक्षम भइसकेको छ” ।
सन् १९८९ मा बर्लिन पर्खाल ढलेपछि (पूर्वी युरोपको समाजवाद पतन भएपछि) तिनै फुकुयामाले ‘इतिहासको अन्त्य’ भएको घोषणा गरेका थिए । उनले सोभियत संघ र वार्सा सैन्य सङ्गठनको पतन भएपछि ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ कृति प्रकाशित गरेका थिए । जसमा प्रविधिमा आधारित पुँजीवाद नै अन्तिम व्यवस्था भएको घोषणा गरेका थिए । तर फुकुयामाले २०२२ मा ‘उदारवाद र यसको असन्तुष्टि’ पुस्तक लेखे । अझ २००१ सेप्टेम्बर ९÷११ को अमेरिकाको जुम्ल्याहा भवनमा आक्रमण भएपछि त ‘इतिहासको पुनर्लेखन सुरु भएको हो कि ? प्रश्न गर्नथाले । आजसम्म रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टिन युद्ध, कृष्ण सागर, लाल सागर, र चिनियाँ सागर तथा अफगानिस्तानबाट अमेरिकाको लज्जास्पद पलायनले पुँजीवादको पतनलाई निश्चित बनाएको छ । विश्व बहुध्रुवमा गइसकेको छ र तेस्रो विश्वयुद्धको खतरा पैदा भएको छ । विश्व मञ्चमा पश्चिमी शक्तिको भूमिका घट्दै गएको छ । युरोप र अमेरिका नै अधिक आर्थिक सङ्कटमा धकेलिएका छन् । तसर्थ पुँजीवाद र पश्चिमी विश्व व्यवस्था अन्तिम होइन भन्ने पुष्टि भएको छ ।
नेपालमा उदार पुँजीवाद
नेपालमा १८१६ को अंग्रेज–नेपाल युद्धपछि राष्ट्रिय पुँजीवादको पतन भयो र दलाल पुँजीवादको जग बस्यो । दोस्रो विश्वयुद्धपछि त्यसको मुख्य चुरो अमेरिकी विचार र बजार स्वार्थहरू अरु देशहरू ‘उदार’ होउन् भन्ने थियो । नेपालमा नव–उदारवाद १९८५ मा र भूमण्डलीकरण १९९२ मा आयो । यद्यपि १९४५ पछि नै नवउदारवादले अर्थतन्त्रमा सरकारी लगानी घटाउनु पर्ने, सरकारको लगानी भएका उद्योग र संस्थाहरू निजीकरण गर्नुपर्ने, कृषि–शिक्षा–स्वास्थ्य लगायतमा सरकारी अनुदान कटौति गर्नुपर्ने सरकारी खर्चदर कटौति गर्नुपर्ने र वैदेशिक ऋण लिनुपर्ने शर्तहरू राखियो । यी शर्तहरूको पछाडि अघोषित रुपमा सैनिक र राजनीतिक पक्षहरू हुने गर्दछन् । उदार पुँजीवादले अविकसित देशहरूमा उपभोक्ता तयार गर्ने तर उत्पादन हुन नदिने नीति लिएको छ । उदारवादमा प्रवेश गरेपछि नेपालमा नयाँ कारखाना, आंगिक क्याम्पस, सरकारी विद्यालय, कृषि अनुसन्धान केन्द्रहरू, अस्पताल खुलेका छैनन् । पञ्चायतकालमा खुलेका संस्थाहरू बन्द भएका वा जिर्ण भएका छन् । जसको कारण आयात बढेको छ र निर्यात घटेको छ । परनिर्भर अर्थतन्त्रको कारण राष्ट्रिय सुरक्षा खतरामा परेको छ । नेपालमा १९९० पछि पाँचतारे होटलको बाढी आएको छ । तर एक अध्ययनको प्रतिवेदन अनुसार नेपालका तारे होटलले गरेको खर्चमध्ये ९० प्रतिशत डलर खर्च गर्ने देशहरूतिर नै फर्किन्छ ।
विप्रेषणमा भएको आय शिक्षा, स्वास्थ्य, खाद्यन्न खरिद, लुगाफाटो आदिको माध्यमले तुरुन्तै विदेशिन्छ । कृषि क्षेत्रको अवस्था उस्तै छ । कृषिको उन्नती र कृषिमा आधारित उद्योगको विकास नभएको कारण कृषिबाट बाहिरिएको श्रमशक्ति उद्योगतिर आकर्षित हुने स्थिति छैन । कृषिबाट बाहिरिएको शक्ति विदेश पलायन भएको छ । कृषि क्षेत्रको अध्ययन–अनुसन्धानमा संलग्न संयुक्त राज्य अमेरिकाको अन्तर्राट्रिय गैर सरकारी संस्था ‘विनरक इन्टरनेशनल’ का राष्ट्रिय निर्देशक डा. भिमेन्द्र कटुवाल भन्छन्, “हाम्रा उद्योगहरू कृषिमा आधारित छैनन, त्यसैले कृषिबाट पलायन भएको जनशक्ति उद्योगमा संलग्न हुन सक्दैन ।” कृषिबाट बाहिरिएको श्रमशक्ति पलायन हुनु भनेको देशको अर्थतन्त्र आत्मनिर्भर नहुनु, परनिर्भरता बढ्नु हो । कृषिबाट बाहिरिएको युवा शक्ति विदेश पलायन भएको छ । जसको कारण देश बर्बाद भएर गएको छ । देशमा भएको पुँजी सट्टेबाजी, सुन, घर–जग्गाजस्ता अनुत्पादक क्षेत्रमा लगानी भएको छ । दलालीकरणले देशको सम्पूर्ण क्षेत्र गाँजेको छ । सरकारी नीति नै उत्पादनलाई प्रोत्साहित गर्ने खालको छैन । तर शक्तिशाली देशहरूले भने आफ्नो लागि संरक्षणवाद र कमजोर देशको लागि उदारवाद मान्न बाध्य पारेका छन् ।
समाजवादका अनुभव र सीमा
कार्ल माक्र्सले पुजी खण्ड १, २ र ३ मा पुँजीपति वर्गले कसरी श्रमिकलाई शोषण गर्दछ भन्ने रहस्य खोल्नुभयो । प्राकृतिक वस्तुमा मजदुरको श्रम मिसिएपछि निर्माण हुने उत्पादनमा पुँजीपति वर्गले कसरी अतिरिक्त मूल्य सिर्जना गर्दछ भन्ने स्पष्ट गर्नुभयो । सामुहिक श्रम र नीति विनिमय नै समस्या भएको र उत्पादक शक्तिको विकासको अनुकूल समाज विस्तार साम्यवादको दिशातिर गइरहेको दाबी पनि माक्र्सले गर्नुभयो ।
कार्ल माक्र्सको अर्थ दृष्टिकोणलाई लेनिनले व्यवहारिक रुपमा रुसमा लागु गर्नुभयो । जसको कारण पुँजीपतिले १०० वर्षमा गर्न नसकेको आर्थिक विकास समाजवादले केही दशकमा नै सम्पन्न ग¥यो । रुसमा जोसेफ स्तालिन र चीनमा माओ त्सेतुङ्गको मृत्युपछि समाजवादी सत्तामा समस्या देखाप¥यो । त्यसको मूल कारण अर्थराजनीतिमा विकास गर्न नसक्नु नै हो । किनकि सामाजिक परिवर्तन र राजनीतिक क्रान्तिको कारण उत्पादन प्रणाली र विनिमय प्रणालीमा आएको परिवर्तन नै हो ।
कार्ल माक्र्सभन्दा अगाडि काल्पनिक समाजवादीहरूले शान्तिपूर्ण तरिकाले श्रमिक वर्गको सत्ता प्राप्तगर्न सकिने बताए । बेलायतको चार्टिस्ट आन्दोलनमा भएको दमनपछि काल्पनिक समाजवादीहरूको विचार गलत साबित भयो । कार्ल माक्र्सले हिंसाको बलमा टिकेको पुँजीवादी व्यवस्था (पुरानो सत्ता) बलपूर्वक नै बिघटन गर्न र सर्वहारा वर्गको सत्ता स्थापना गर्न सकिन्छ भन्नुभयो । माक्र्सले मजदुरमाथि पुँजीपति वर्गले कसरी शोषण गर्छ भन्ने मात्र नभएर मजदुर वर्गको सत्ता कसरी स्थापना गर्न सकिन्छ भन्ने कुरा पनि स्पस्ट पार्नुभयो । विज्ञान र प्रविधिलाई पुँजीपतिले कब्जा गरेको छ, जुन कुरा मानव जातिको समृद्धिमा प्रयोग हुनुपथ्र्यो । दार्शनिक जोन स्टुअर्ट मिलले आफ्नो पुस्तक ‘प्रिन्सिपल अफ पोलिटिकल इकोनोमि’मा भनेका छन् “अहिलेसम्म जति आविष्कार भएका छन्, तिनीहरूबाट कुनै पनि मान्छेको दैनिक श्रमकार्य अलिकति पनि सहज भएको छैन, बरु यो धेरै हदसम्म यन्त्रहरूका अतिरिक्त मूल्य पैदा गर्ने साधन भएका छन् ।” रुसले विश्व इतिहासमा नै पञ्चवर्षीय आवधिक योजना ल्यायो । अकल्पनीय रुपमा उत्पादक शक्तिको तीव्र विकास ग¥यो । गरिबी र बेरोजगारी पूर्ण स्तरमा समाधान भएर गयो ।
चीन तेस्रो विश्वको एउटा पछौटे देश थियो । समाजवादी सत्ताले सुरक्षा परिषदको सदस्यसहित विश्व शक्तिमा उदायो । अर्थप्रणालीमा भएको विकास नै त्यसको मूख्य कारण हो । ती देशहरूमा पछिल्लो समयमा विभिन्न प्रकारका समस्या र प्रश्नहरू उठेका छन् । समाजवादी सत्ताहरू विघटित भएका छन्, पुँजीवादी व्यवस्था समाधान होइन तर समाजवादी व्यवस्थामा पनि नयाँ अनुसन्धान र विकास आवश्यक छ भन्ने कुरा प्रष्ट भइसकेको छ । पुँजीवादी देशमा समाजवादी अर्थ–व्यवस्था निर्माणको सफल प्रयोग रुसमा भयो । दलाल पुँजीवाद सत्तारुढ भएको देशमा राष्ट्रिय पुँजीको निर्माण कसरी गर्ने भन्ने मान्यताको विकास चीनमा भयो । चीनमा दलाल पुँजी राज्यले नियन्त्रणमा लियो र राष्ट्रिय पुँजीको संरक्षण ग¥यो । क्रान्तिअघि दलाल पुँजीवादले विदेशी शक्तिको आडमा राष्ट्रिय पुँजीलाई निरुत्साहित गरेको थियो । विदेशी उत्पादन झिकाएर कमिशन खानु, देशभित्रको उत्पादनलाई निरुत्साहित गर्नु र अनुत्पादक क्षेत्रमा लगानी गरेर रातारात नवधनाड्य बन्नु दलाल पुँजीको प्रवृत्तिगत विशेषता हो । चीन एउटा अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक देश थियो । जहाँ राष्ट्रिय पुँजीको विकास भएको थिएन । त्यसैले पुँजीवादी तर जनवादी क्रान्ति पनि कम्युनिस्ट पार्टीले नै गर्नुपथ्र्यो । पुँजीवाद समाजवादी व्यवस्थाको बाधक हुन्छ । तर कम्युनिस्टद्वारा गरिने क्रान्ति भएको कारण त्यो सत्ताले समाजवादको ढोका खोल्थ्यो । त्यसप्रकारको पुँजीवादी जनवादी सत्तालाई माओ त्सेतुङले नौलो जनवाद (ल्भध म्झयचबअथ) भन्नुभएको थियो । ठूला र केन्द्रीत औद्योगिक संरचनाले साना, मझौला र कृषि क्षेत्रका विशाल संसाधनलाई खाइदिने र त्यसले नयाँ खालको अन्तरविरोध आउन सक्ने आवश्यकताप्रति माओ त्सेतुङ सचेत हुनुहन्थ्यो । त्यसैले चीनले साना र मझौला उद्योग, ग्रामिण क्षेत्र र कृषि क्षेत्रमा मुख्य लगानी ग¥यो । चीनका अरु कतिपय नेताहरू रुसी नमूनाको पक्षमा थिए । चीनको उत्पादकत्व तीव्र हुनुमा माओकालीन चीनको प्रयोगको प्रतिफल मानिन्छ । महान् सर्वहारा साँस्कृतिक क्रान्तिको समय उक्त समस्यालाई वैचारिक दृष्टिले समेत समाधान गरिएको थियो । यद्यपि माओ त्सेतुङको नेतृत्वमा भएको उक्त प्रयोग लामो समयसम्म प्रयोगमा जान सकेन ।
एकीकृत स्वामित्व प्रणाली
समाजवादी सत्तामा प्रतिक्रान्ति भएको छ । विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा धकेलिएको छ । त्यसको कारण उत्पादन र विनिमय प्रणालीमा नै समस्या छन् र थप विकास तथा अनुसन्धान आवश्यक छ । सो सम्बन्धमा नेकपाको ‘कम्युनिस्ट पार्टीको अर्थ–सम्बन्ध’ शिर्षकको दस्तावेजमा भनिएको छ, “बीशौं शताब्दीमा देखिएका प्रतिक्रान्ति सारमा अर्थ–सम्बन्धमा आएको समस्यासँग सम्बन्धित छ । हामीले त अनुभवलाई वैज्ञानिक समाजवादी साम्यवादी अर्थ–सम्बन्ध विकासको शिक्षामा ग्रहण गर्नुपर्ने आवश्यकता छ ।” दस्तावेजमा थप भनिएको छ, “सामान्तवाद र पुँजीवादलाई ध्वस्त पारेर पैदा भएको वैज्ञानिक समाजवाद–साम्यवादको कोखबाट पुँजीवादी दानवको पुनरावृत्ति हुनु मूलरुपमा सामाजवादी अर्थ–सम्बन्धको प्रयोग र विकासमा रहेको अपूर्णता र समस्या नै हो” । यही समस्याको समाधानको खोजीमा हामीले एकीकृत स्वामित्व प्रणाली अघि सारेका छौं ।
रुस र चीनका पछिल्ला अनुभव र प्रयोग हेर्दा सत्तामा पुगेका थोरै व्यक्तिहरू विलासी जीवन बिताउने र श्रमिकहरू निम्नतम् स्रोतमा बस्नुपर्ने, अतिरिक्त श्रम गर्ने र नगर्ने बिच एउटै मापदण्ड हुँदा श्रम कार्यमा आलस्यता वा निस्कृयता आउने भयो । दस्तावेजमा भनिएको छ, “आवश्यकतालाई उत्पादन र खपतको अवस्था अनुरुप व्यवस्थापन गर्नु कम्युनिस्ट दृष्टिकोण हो भने आवश्यकतालाई उपभोक्तावादसम्म तन्काएर प्रयोग गर्नु भनेको पुँजीवादी फजुलखर्ची र विलासी प्रवृत्ति हो ।” त्यसकारण उत्पादनअनुसार खर्च गर्नुपर्दछ । उत्पादनभन्दा बढी खर्च गर्दा अपारदर्शी स्रोत प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले नेकपाका महासचिव विप्लव सीले ‘कम्युनिस्ट आन्दोलनले सत्ता जन्मायो, तर मजदुर जन्माएन’ भन्नुभएको छ । जसरी एउटा मजदुरले श्रम वा ज्याला अनुसार खर्च गर्छ । नेता, सरकारको नेतृत्वकर्ता र कर्मचारीले आयभन्दा बढी खर्च गरेका छन् भने त्यहाँ समस्या हुन्छ । सत्तामा पुगेपछि मनपरितन्त्र सुरुहुन्छ । त्यसको विरुद्ध जनता असन्तुष्ट हुन्छन् । जनताको विरुद्ध राज्यशक्तिको प्रयोग गरिन्छ । ख्रुश्चेवको शासनकालमा रुसमा त्यही भएको थियो । त्यसैले नेता, कार्यकर्ता र जनताको अर्थ–सम्बन्ध कस्तो रहने भन्ने नीति आवश्यक छ ।
यहाँ त्यस विषयमा संक्षिप्त चर्चा गरिनेछ । एक, कम्युनिस्ट नेताहरूको अर्थ–जीवन सामूहिकतामा हुनुपर्छ । नेताहरूको नीजि आवश्यकता हुन्छ, तर नीजि स्वामित्व–सम्बन्ध हुनुहुँदैन । नीजि आवश्यकता प्राकृतिक विषय हो । तर नीजि स्वामित्व पुँजीवादी जीवन दर्शन हो । दस्तावेजमा उक्त विषयमा भनिएको छ, “कम्युनिस्ट नेताहरूको अर्थ–जीवन नीजि हुनुपर्छ । तर नेताहरूको नीजि स्वामित्व र नीजि आवश्यकतालाई फरक अर्थमा देख्न नसक्नु वा समान अर्थमा बुझ्नुले कम्युनिस्ट आन्दोलन र समाजवादमा ठुलो समस्या पैदा गर्न सघाएको छ । हाम्रो अध्ययनमा यी दुई सारभूत रुपमा नै फरक रहेका छन्् । नीजि स्वामित्व कम्युनिस्ट दृष्टिकोण, सिद्धान्त र नीतिभन्दा उल्टो, सामूहिक स्वामित्व विपरीत पुँजीवादी विचार हो भने नीजि आवश्यकता सामूहिक स्वामित्व भित्रको अनिवार्य विशेषता हो ।” नेताहरूले संस्थागत उत्पादन, सामूहिक स्वामित्व, व्यक्तिगत उत्तरदायित्वसँग मात्र क्षमताअनुसारको काम, आवश्यकताअनुसारको दाम भन्ने साम्यवादी नीति लागु गर्न सकिन्छ । दुई, उत्पादन कार्यमा भाग नलिने उपभोग गर्ने भनेको भ्रष्टाचार र परजीवी आर्थिक जीवन बन्नजान्छ । उसले शोषणको विरोध गर्नुपर्छ । उत्पादन नगरिकन गरिने वितरण असमानता र विभेदकारी बन्नजान्छ । कम्युनिस्ट पार्टीका कार्यकर्ताको अर्थ–जीवनबारे दस्तावेजमा भनेको छ, “उत्पादन कार्यबिनाको आर्थिक जीवन एक खालको परजीवी वा शोषणमा आधारित जीवन बन्नपुग्छ । कम्युनिस्ट कार्यकर्ता आफैमा हरेक शोषण–उत्पीडन विरोधी धार हो । कुनै पनि प्रकारको शोषण उत्पीडनमा उनीहरू बस्दैनन् । अर्थ–उत्पादनबिनाको अर्थ–वितरण जहिले पनि असमानता र विभेदकारी हुन्छ । उत्पादनमा सहभागी नभएर माग गरिने समान वितरण र उपभोग असम्भव छ ।” तसर्थ कम्युनिस्ट कार्यकर्ता कुनै न कुनै प्रकारको उत्पादन कार्यमा संलग्न हुनुपर्दछ । जुन सामूहिक र संस्थागत हुनुपर्दछ । कार्यकर्तामा वितरण अर्थ–सामाजिक हुनुपर्दछ । उनीहरूको अर्थ–जीवन नीजि स्वामित्वबाट चित्त प्रसन्न र लाभदायी अनुभवसहित विस्तारै सामूहिक स्वामित्वतिर बढ्नु पर्दछ । तीन, त्यसैगरी जनताको आर्थिक जीवन कस्तो हुनुपर्दछ त ? जनताले श्रममा भाग लिन उत्पादनको अधिकार आफैसँग राख्न र निजी तरिकाले उपभोग गर्न पाउनु पर्दछ । यो विषयमा दस्तावेजमा भनिएको छ, “समाजमा हरेक नागरिकले श्रममा भाग लिन पाउनु पर्दछ । आफ्नो उत्पादनको स्वामित्व आफैसँग राख्न पाउनु पर्दछ । त्यसको उपभोग गर्न पाउनु उसको नैसर्गिक अधिकार हो ।” समाजवादी अर्थ–जीवनको व्यवहारिक प्रयोगले जनतालाई प्रगतिशील गर्दै लैजान्छ । जनता तयार नहुँदासम्म सहकारीकरण गर्न सकिन्छ । जसअनुसार ‘क्षमता अनुसारको काम, काम अनुसारको दाम’ नीति लागू हुन्छ । अतिरिक्त .क्षमता र अतिरिक्त श्रम गर्ने व्यक्तिले अतिरिक्त आय गर्छ । यसले निरपेक्ष समानताको नीतिलाई हटाउँछ । क्षमता जति भए पनि श्रम धेरै गरे पनि समान पारिश्रमिक वा वितरण हुँदा उत्पादन तथा श्रममा आलस्यता र उदासिनता आउन जान्छ । ‘सरकारी काम कहिले जाला घाम’ उखान जस्तै समस्या रुसमा देखिएको थियो । यो नीतिले उक्त चरणमा पुगेपछि बहुराष्ट्रिय निगमका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दछ । त्यसो हुँदा कम्युनिस्ट उत्पादन र दलाल उत्पादन प्रणालीबिचमा अन्तरविरोध आउने देखिन्छ । त्यसबेला सत्ताले कसको पक्षमा काम गर्छ त ?
कम्युनिस्ट उत्पादनसँग देशका जनता संलग्न हुने भएको कारण जनता देशको उत्पादन रक्षा गर्न उभिने छन् । त्यसरी सङ्घर्षको नयाँ स्वरुप पैदा हुनेछ । सारांश– पुरानो उत्पादन सम्बन्ध र नयाँ उत्पादक शक्तिबिच अन्तरविरोध भएपछि उत्पादक शक्तिले क्रान्तिद्वारा आफू अनुकूलको उत्पादन सम्बन्ध कायम गर्दछ । त्यसैले क्रान्तिको सफलता र असफलता अर्थ–सम्बन्धमा आउने परिवर्तनले निर्धारण गर्दछ । त्यसैले हामीले व्यक्ति, समूह, संस्था र नेता, कार्यकर्ता र जनताबिच फरक–फरक अर्थ–जीवन लागू गर्ने प्रयोग र प्रयास गरिरहेका छौं । सतही रुपमा हेर्दा यो फरक देखिए पनि सबै व्यक्ति र संस्थालाई समाजवादी अर्थ–प्रणालीतिर लैजाने ठोस नीति रहेको छ । जसलाई हामीले ‘एकीकृत स्वामित्व प्रणाली’ भनेका छौं । यसले समाजवादी उत्पादन र विनिमयमा आएको समस्यालाई समाधान गरेर प्रतिक्रान्तिलाई जवाफ दिनेछ र क्रान्तिको ढोका खोल्नेछ ।
सन्दर्भ सामाग्रीहरू
फिलहाल, वर्ष १६, अङ्क २१÷२२, २०१४ नोभेम्बर
मेरी डेसेन, प्रत्यूष वन्त, नेपालको सन्दर्भमा समाज शास्त्रीय चिन्तन
नेपालमा गरिबीको बहस, २०६२ – सम्पादक– भाष्कर गौतम, जगन्नाथ अधिकारी, पूर्ण बस्नेत
रामराज रेग्मी, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, जागरण बुक हाउस, काठमाडौं
माक्र्स÷एङ्गेल्स, कम्युनिस्ट पार्टीको घोषणापत्र
कार्ल माक्र्स, पुँजी, खण्ड १, नेपाली संस्करण
युक्रेनमा नव–नाजीवाद, नेपाल क्रान्तिकारी किसान सङ्गठन, २०८०
अल्बर्ट आइन्स्टाइन, समाजवाद नै किन ?
नेपाल रिडर्स विद्युतीय अखबार
विप्लव सी, आठौं केन्द्रीय समिति, सातौं पूर्ण बैठकको अर्थनीतिसम्बन्धी दस्तावेज
राजनीतिक अर्थशास्त्र के मूलभूत सिद्धान्त, भाग १ र २ राजनीतिक अर्थशास्त्रको विषयमा पाठ्य सामाग्री शाङ्घाई टेक्स्ट बुक
युवाल नोआ हरारी, होमो डेयस (भविष्यको संक्षिप्त इतिहास)
स्रोत : जनक्रान्ति–८