रातको १२ बजेको समय, माघको चिसो महिना घनघोर जंगलको रुखमा बाधेर वरिपरी राईफल ताकेर सोधखोज गर्दा पनि शोभा आचार्यलाइ मृत्यु देखि रतिभर डर लागेन । आत्मसर्मपण गर ज्यान बक्स दिन्छौ, गोपनीयता खोल होईन भने मारी दिन्छौ भन्दा पनि नगलेकी साहसी योद्धा शोभा आर्चायलाई मृत्यु देखि डर लागेन । बरु छोराछोरीको चिन्ताले सतायो । जनयुद्धको उर्बर भूमी कैलाली र त्यसको पनि लम्की, जहाँ ३ सय ८० जना सहिद भएका छन ।
पहिलो सहिद उनका श्रीमान भानु आचार्य हुन । श्रीमानको हत्या देखि डर भन्ने शब्दले नछोएकी आचार्यले २०५५ साल भदौ १७ गतेका दिन लम्कीको कौवापुर जंगलको खोलामा लगेर टंक बोेगटी, भिम बहादुर भाट,र यज्ञश्वर शर्माको सामुहिक हत्या गरेको दृश्य नाङगो आाखाले देखेकी आचार्य कयौ उत्तार चढाव र यातनाले निखारिएकी छन । मुत्यु देखि कुनै डर नभएकी उनलाई बरु आफु मरे भने छोराछोरीले के गर्लान ? भन्ने चिन्ताले सताउने गरेको थियो । दश बर्षे जनयुद्धमा श्रीमान, छोरी र भाईलाई गुमाएकी आचार्यले थुप्रै पटक प्रहरीको ज्यादती सहदै आएकी थिईन ।
थुप्रै मृत्युलाई नजिकबाट नियालेकी थिईन । त्यसैले उनलाई मृत्यु देखि डर थिएन । डर थियो त पार्टी र क्रान्तिलाई कसरी बचाउने ? भन्ने थियो । कैलालीको तत्कालिन बलिया गाविस वडा नम्बर ५ मा तीन छोरा र २ छोरीसंगै बस्दै आएकी उनले युद्धकालमा थुप्रै समस्या झेल्नु पर्यो । डेढ बर्षको छोरो छोडर जेल बस्दाको पीडाले उनलाई अहिले पनि झस्काउछ । सबै भन्दा बढी उनलाई छोरीको हत्याले गलायो । प्रहरीको दमनले गलाउन नसकेकी आचार्य छोरीको मृत्युको खबर सुने पछि डिप्रेशनको शिकार भईन । श्रीमान भानुभक्त आचार्य (अविरल)को हत्याले विक्षिप्त भएकी उनलाई छोरी ईन्द्रा आर्चाय (ज्योति)को हत्याको घटनाले डिप्रेशनको शिकार बनायो ।
२०५५ साल साउन २८ गते पण्डौनबाट गिरफतार गरिएका उनका श्रीमान भानुभक्त आचार्यलाई भदौ ४ गते तत्कालिन चौमाला गाविस र अहिलेको गौरीगंगा नगरपालिकाको बालुवागडाको खोलामा लगेर निर्मम तरिकाले हत्या गरियो । प्रहरीले दिउसै खोलामा लगेर हात खुट्टाबाँधी गोली हानेर हत्या गरिएका श्रीमानको लास समेत उनलाई दिईएन । २०३६ सालमा विष्णु बैद्यले पार्टीमा जोडेपछि २०३८ सालमा विद्यार्थीको केन्द्रीय अध्यक्ष बनेका भानुभक्त आर्चायलाई २०३६ र २०४१ सालमा पनि प्रहरीले गिरफ्तार गरेर छोडेको थियो ।
२०५५ सालमा कैलाली जिल्लाको जिल्ला सचिवको भूमीका निर्बाह गर्दै आएका आचार्यलाई पार्टी विस्तारका क्रममा डोटीको जिम्मा दिए पछि कार्यक्षेत्र डोटी जादै गर्दा पण्डौनबाट प्रहरीले गिरफ्तार गरी चौमाला चौकीमा राखेर यातना दिए पनि उनले पार्टीको गोपनियता नखोले पछि खोलामा लगेर गोली हानी निर्मम हत्या गरेको थियो । श्रीमानको हत्या गरिए पछि प्रहरीले उनकी धर्मपत्नी शोभा आचार्यलाई दुख दिन थाल्यो । पक्राउ गरेर ल्याउने दिनभरी बसाउने अनेक प्रश्न गर्ने तर्साउने गर्दै तारिख लगाउन थाल्यो । श्रीमानको हत्या पछि मोतीपुर माध्यामिक विद्यालय लम्कीमा कक्षा ९ मा पढ्दै गरेकी छोरी इन्द्रा आचार्यलाई २०५६ साल माघ ५ गते विद्यालयबाटै र उनलाई सोही मितिमा घरबाटै प्रहरीले पक्राउ ग¥यो । त्यस पछि १ बर्ष कारागार बसेर २०५७ साल चैत्र २५ गते रिहा भएकी छोरी ईन्द्रा आचार्य पूर्णकालिन सदस्य भएर काम गर्दै जाने क्रम्मा २०५७ साल बैशाख ७ गते डोटीमा नेपाली सेनाले घेराहाली हत्या ग¥यो ।
छोरीको हत्या पछि विक्षिप्त बनेकी आचार्य डिप्रेशनको शिकार भईन । केही दिन पछि सन्चो हुँदा उनी २०५७ साल श्रावण १८ गते पूर्णकालिन सदस्य भएर पार्टी काममा लागिन । यस अघि बैधानिक हुँदा पटक पटक सेना प्रहरीको मानसिक तनाव झेल्दै आएकी उनलाई २०५४ साल भदौ ५ गते ३ दिन सुख्खड प्रहरी चौकीमा राखेर प्रहरीले छोड्यो । त्यस पछि २०५५ भदौ ४ गते श्रीमानको हत्या पछि लगतै उनलाई पक्राउ गरेर १५ दिन हिरासतमा राखेर तारेखमा छोड्यो । फेरी दोस्रोपटक २०५५ साल साउन २८ गते दिन भरी नियन्त्रणमा लिएर मोतीपुर चौकीमा राख्दा स्थानीयले चौकी घेरा हाले पछि बेलुका छोडियो । त्यसपछि २०५५ साल असोज ४ गते पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर उनलाई ७ दिन पछि छोडियो ।
त्यस पछि २०५६ साल माघ ५ गते छोरी ईन्द्रसंगै पक्राउ गरेकी उनलाई एक बर्ष पछि छोडियो । प्रहरीकै ज्यादती सहन नसकेर पार्टीको पूर्णकालिन सदस्य भएकी आचार्यले ४ बर्ष भूमिगत जीवन विताईन । त्यतिबेला उनले पार्टीको कैलाली जिल्ला सदस्य हुदै सहिद परिवारको केन्द्रीय सदस्यको जिम्मेवारी समालेकी थिईन । उनी पार्टीमै कार्यरत हुँदा उनका सहोदर भाई हिक्मत पाण्डेलाई २०६० साल जेठ १० गतेका दिन प्रहरीले घरबाटै नियन्त्रणमा लिएर सुख्खड स्थित गणेशपुरको जंगलमा भाग्न लगाएर हत्या ग¥यो । बैधानिक हुँदा २०५५ साल भदौ १७ गतेका दिन लम्कीको कौवापुर जंगलको खोलामा लगेर टंक बोेगटी, भिम बहादुर भाट,र यज्ञश्वर शर्माको सामुहिक हत्यालाई नाङगो आखाले देखेकी आचार्यलाई २४ राउण्ड गोली चलाएर लाईनमा उभ्याएर गरिएको सामुहि हत्याले समेत उनलाई गलाउन सकेन । बरु उनी बठोर बन्दै गईन । पार्टी र क्रान्ति प्रति दृढ बन्दै गईन ।
विहान ४ बजे घरबाटै हात बाँधेर लगेपछि प्रहरीको पिछा गर्दै गएकी आचार्य र त्यही समय हत्या गरिएका भिम बहादुर भाटकी धर्मपत्नी माया भाटले आफ्ना श्रीमानको निर्मम तरिकाले हत्या गरिदा समेत बोल्न सक्ने अबस्था थिएन । तर पनि घटना स्थलबाट फर्केका उनीहरु दुबैजनाले लम्की बजारमा आएर स्थानीय सहित लास पाउ भनेर आन्दोलन समेत गरे । तत्कालिन गाविस अध्यक्ष बखत विष्टले साथ दिएर गाँउले सहित आन्दोलन गर्दा समेत प्रहरीले उनीहरु तिनै जनाको लास समेत दिएन । त्यस पछि भिम बहादुर भाटकी धर्मपत्नी माया भाटको पनि २०५७ साल भदौ ७ गते फले विसौनामा हत्या गरियो । उनका ३ वटी छोरी रहेका छन । थुप्रै ज्यादतीका बाबजुद पनि नगलेकी शोभा आचार्यले परिवारका ३ जना सदस्य गुमाउदा पनि धैर्यता गुमाईनन । उनले ३ छोरा र दुई छोरी हुर्काउदै जाँदा जेठी छोरी ईन्द्राको हत्याले भने कमजोर बनायो । अहिले उनका जेठा छोरा तारा प्रसाद आचार्य मलेसिया छन भने कान्छो छोरा प्रकाश आचार्य बैदेशिक रोजगारीका लागि पोर्चुगलमा रहेका छन ।
त्यसैगरी माईला छोरा नेत्र प्रसाद आचार्य काठमाण्डौमा जागिरे छन भने कान्छि छोरी समित्रा आचार्य विबाह गरेर कैलालीको भजनीमा बस्दै आएकी छिन । कान्छो छोरा डेढ बर्षको हुँदा प्रहरीले पक्राउ गरेर उनलाई बनबेहडाको जंगलमा लिएर हत्या गर्ने योजना बनायो । योजना अनुसार उनलाई रुखमा बाधेर गोपनियता खोल्न सबै विधिहरु अपनायो । तर पनि केही सिप नलागे पछि माघको चिसो रातमा प्रहरीसंगै रहेका पाण्डे थरका एसपीले कसकी छोरी होस त ? तलाई मर्न डर छैन भनेर सोध्दा पनि बरु मलार्ई मार यातना नदे भन्ने जवाफ दिने आचार्यको जिन्दगी पाण्डे थरकै छोरीका कारण बच्यो । धेरै केरकार पछि पाण्डेकी छोरी हु भने पछि एसपीले त मेरो छोरी भईस । तेरो बा मेरो दाई हो भनेर जिल्ला प्रहरी कार्यालय पर्काएर ल्याएको आचार्य अहिले पनि सम्झिन छिन । त्यतिबेला माघको चिसो रातमा १७ दिन हिरासतमा राखेर यातना सहेकी उनलाई ३ दिन सम्म खाना पानी केही नदिएको अबस्थामा एसपीलाई बोलाएर खाना र विछ्याउना दिन बाध्य बनाईन । उनले त्यतिबेला जागीर धरापमा राखेर लुकेर खाना ल्याईदिने प्रहरी हवल्दारलाई जीवन भर सम्झिरहेकी छिन ।
प्रहरी हिरासतमा हुँदा सारै दुख झेलेकी आचार्यले जेल चलान भए पछि भने दुख पाईनन । उनले ५ महिना पछि दुईबर्षको कान्छो छोरालाई समेत प्रमुख जिल्ला अधिकारीसंग कुरा गरेर जेलमैसंगै राखिन । कैलालीमा बस्दा सबै कुरा गुमाएकी उनले २ कट्टा जग्गामा बनेको कच्चि घर समेत बेचेर हिड्नु प¥यो । कहिले पार्टीको काम, कहिले, ब्यबसाय त कहिले काम गरेर उनले छोरा छोरीलाई हुर्काउनुका साथै पढाईन । मोहन्याल सामुदायिक बनमा उपाध्यक्ष, विरेन्द्र सामुदायीक बनमा सदस्य, भएर बनको संरक्षणमा लागेकी उनले विद्युत सहकारीमा समेत ७ बर्ष कोषाध्यक्ष भएर अनुभव बटुलेकी छिन । त्यसैगरी ५ बर्ष पर्यटन प्रबर्दनमा काम गरेको अनुभव बटुलेकी आचार्य अहिले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय सजाउनमा ब्यस्त छिन ।
उनी अहिले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएर पूर्णकालिन रुपमा पार्टीको केन्द्रीय कार्यालय कपिलबस्तुको शिवगढीमा फुल रोप्दै सिगार्दै आएकी छिन । पार्टी कार्यालयमा बस्दै पार्टीको काम गर्दै आएकी उनको बस्ने घर समेत छैन । तर पनि उनी पार्टी र क्रान्ति प्रति ईमानदार भएर काम गर्दै आएकी छिन । मृत्युलाई जीतेर आएकी उनले बाँकी रहेको जीवनलाई पार्टी र क्रान्तिकै लागि समर्पीत गरेकी छिन । मृत्युलाई जीतेकी साहसिक योद्धा आचार्यको संघर्षमय यात्राबाट हामी सबैले पाठ सिक्न जरुरी छ । शारिरीक र मानसिक यातनाले गलाउन नसकेकी आचार्यको साहसलाई सलाम गर्न जरुरी छ ।
जेलबाट छुटेपछि घर थिएन , साना छोराछोरीहरु देवरहरु टोप प्रसाद आचार्य र पदम आचार्यकोे घरमा थिए । छोरा छोरी लिएर ६ महिना आफ्नै भत्केको घरमा बसेकी आचार्य २०५९ साल असोजमा भूमिगत भईन । फेरी गिरफ्तार गरे मार्छ भनेर पार्टीले उनलाई सेनाको डिभिजन कार्यालयमा राख्यो । विभिन्न समस्याका बावजुद पनि उनले जेठो छोरा तारा प्रसाद आचार्यलाई प्रविणता प्रमाण पत्र तह र बाँकी माईलो छोरा नेत्र प्रसाद आचार्य, कान्छो छोरा प्रकाश आचार्य र कान्छी छोरी सुमित्रा आचार्यलाई स्नातक तह सम्म पढाउन सफल भईन । सहिद परिवारको खोजी नीति नभएकोमा चिन्तित आचार्यबाट हामी सबैले सिक्न जरुरी छ । उनको संघर्षमयी यात्राको सफलताको शुभकामना ।