५ जेष्ठ २०८१, शनिबार

देश बनाउने जिम्मा युवाहरुको काँधमा छः रक्तिम सी

0

काठमाडौं । नेकपाका पिविएम रक्तिम सीले देश बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका छन । युवा संगठन नेपाल पूर्वी नारायणी ब्यूरोको बैठकलाई बुधवार सम्वोधन गर्दै पिविएम रक्तिमले यस्तो कुरा बताएका हुन ।

उनले अहिलेको संकट समाधानका लागि नेपाली विशेषताको समाजवाद आवश्यक भएको र यसलाई प्राप्त गर्न नेपालका युवाहरुले संघर्ष गर्नुपर्ने बताए ।
बैठकमा युवा संगठन नेपालका केन्द्रीय महासचिव तिलक सीले युवाहरु हातमा हात मिलाएर दलाल संसदीय व्यवस्था र साम्राज्यवादको हस्तक्षेप विरुद्ध एक हुनुपर्ने बताए । बैठकमा बारा डि एकका पार्टी इन्चार्ज एबि सी,रौतहट जिल्ला सेक्रेटरी जितेन्द्र सीको उपस्थिति रहेको थियो ।

युवा संगठन नेपाल पूर्वी नारायणी ब्यूरोका इन्चार्ज विवेक सीको अध्यक्षतामा बैठक बसेको हो । बैठकले संगठनलाई सुदृढ तथा विस्तार गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।