६ आश्विन २०८१, आईतवार

अहिलेको संकटले सबै तहसनहस भएकाले युवा विद्यार्थीले सचेततापूर्वक आन्दोलन उठाउनु पर्छ : विप्लव

0

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा शैक्षिक समस्या बल्झिएकोले नै सबै समस्या सिर्जना भएको र लाखौं युवा विद्यार्थीहरू पलायन भएको बताएका छन् ।
अखिल (क्रान्तिकारी) लुम्बिनी कमान्डको बैठक तथा विद्यार्थी साधारण शाखा लुम्बिनीको बैठकलाई पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।

देशमा राजनीतिक संकट गहिरिएकोले सबै क्षेत्र तहसनहस भैइरहेको छ भन्दै महासचिव विप्लवले युवा विद्यार्थीहरूले सचेततापुर्वक आन्दोलन उठाउनु पर्ने बताए ।
अर्को प्रसंगमा महासचिव विप्लवले क्रान्ति सम्पन्न गरेर देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरि छाड्ने अठोट व्यक्त गरे । साथै विप्लवले अहिलेको सबै समस्याको कारण विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था भएको बताउँदै त्यसको एकमात्र विकल्प समाजवाद रहेको र नेपालको दलाल संसदीय गोलचक्करबाट देशलाई मुक्त गरि समाजवादी व्यवस्था स्थापना गरिछाड्ने दाेहाेर्याए ।
महासचिव विप्लवले नेपालमा समाजवादको स्कुल नेकपाले सिर्जना गरेको दाबी गरे ।
यसैगरी बैठकलाई प्रशिक्षित गर्दै स्थायी समिति सदस्य शिलु सीले नेपालमा गहिरिदो राजनीतिक संकटको समाधान नेपाल कम्युनिस्ट पार्टीसंग मात्र भएको बताउँदै नेकपाले अबको देशको नेतृत्व गर्ने बताइन् । उनले आगामी आन्दोलनको मुख्य शक्ति युवा विद्यार्थी भएकाले साेही अनुसारको नै अखिल(क्रान्तिकारी) ले भूमिका निर्वाह गर्न निर्देशन दिइन् ।

बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य शरद सीले विद्यार्थी नै देशका विभिन्न क्षेत्रमा नेतृत्व गर्ने भएकाले अखिल (क्रान्तिकारी)  विशेष सांगठनिक अभियान चलाउने पर्नेमा जाेड दिए ।
बैठकमा बाेल्दै अखिल (क्रान्तिकारी) का महासचिव ललित सीले अखिल (क्रान्तिकारी) घनिभुत २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा रहेको बताउँदै आफ्नो संगठनको सम्मेलन केवल कर्मकाण्डी मात्र नभएर नेपालको शैक्षिक विकृति विसंगति विरुद्धको मोर्चा कस्दै आमूल शैक्षिक रुपान्तरणका लागि आधीबेहरी सिर्जना गर्ने आन्दोलन भएको बताए । उनले अखिल (क्रान्तिकारी) विद्यमान अव्यवहारिक र पुरानो काम अलाग्ने शैक्षिक प्रणालीलाई मिल्काएर वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गर्ने अभियानमा रहेको बताउँदै त्यसरी नै लुम्बिनी कमान्ड लाग्नु पर्नेमा जाेड दिए ।

बैठक नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता, स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीको विशेष आतिथ्यतामा र अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष तथा लुम्बिनी कमान्ड इन्चार्ज एवम् लुम्बिनी कमान्ड विद्यार्थी साधारण शाखा सचिव प्रीतिमा सीको अध्यक्षतामा बसेको हो ।
बैठकमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन र संगठन, संघर्ष, आर्थिक, विभिन्न प्रस्तावहरूमाथि निर्णय गरेको छ । बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पुर्वी लुम्बिनी ब्युरो इन्चार्ज सन्जिव सी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य शरद सी, अखिल (क्रान्तिकारी) का महासचिव ललित सी युवा संगठन विश्लेषण सी, नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य दिनेश सी लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा लुम्बिनी कमान्ड अन्तर्गत सबै जिल्लाका केन्द्रिय सदस्य, अध्यक्ष, संयोजक र प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।