६ आश्विन २०८१, आईतवार

प्रतिगामी राजावादी विरुद्ध प्रतिवाद गर्नुपर्छः आधार सी

0

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य आधार सीले प्रतिगामी राजावादीहरुले नेपाल कम्युनिष्ट पार्टी विरुद्ध टाउको उठाईरहेकाले त्यस विरुद्ध प्रतिवाद गर्नु पर्ने बताएका छन ।

नेकपा कैलालीले जिल्लाको टिकापुरमा सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता आधारले राजावादी ज्ञानेन्द्र शाहीले महासचिव विप्लव विरुद्ध बोलेको अभिव्यक्तिले यसको पुष्टि भएको भन्दै त्यस विरुद्ध कडा प्रतिवाद गर्नु पर्ने बताएका हुन ।

उनले नेपाल कम्युनिष्ट पार्टी सरकारसंग तीन बुँदे सहमति गरेर इमान्दारीता पूर्वक सहमति पालना गरिरहेको बेला सरकारले सहमति कार्यान्वयन नगरेर गल्ती गरेको बताए ।

नेता आधारले महासचिव विप्लवलाई पक्राउ पूर्जी जारी भएको वेला किन पक्राउ नगरेको भनेर राप्रपाका नेता ज्ञानेन्द्र शाहीले बोलेको कुरा शान्ति प्रक्रिया भंग गर्ने, देशलाई द्धन्द्धतिर धकेल्ने र अहिलेको लोकतान्त्रिक गणतन्त्रको ठाउँमा कतै राजतन्त्र ल्याउन सकिन्छ कि भनेर देखेको दिवा पसना भएको बताए ।

उनले प्रतिगामीहरुका यस्ता षड्यनको प्रतिवाद गर्दै अगाडि वढनुपर्ने र देशलाई नेपाली विशेषताको समाजवादमा लिनुपर्ने जिकिर गरे ।

कार्यक्रममा नेकपा (माओबादी केन्द्र)का तिलक परियार,एमालेका १ नम्वर वडा अध्यक्ष भुपेन्द्र साउद,राष्ट्रिय स्वतन्त्र पार्टीका हिरा चौधरी,पूर्ण वहादुर खड्का, शिव थापा,अर्जुन शाही,दिलवहादुर सी लगायतका नेताहरुले पनि आआफ्नो धारणा राखेका थिए । कार्यक्रम जगत सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।